Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

जटामसी



बैज्ञानिक नाम (ल्याटिन नाम) :   नार्डोस्टाकिस ग्रान्डील्फोरा    (Nardostachys grandiflora DC)   
संस्कृत नाम :  तपस्विनी , जटिला, लोमशा , जटामशी ,(जटामाँसी) ।
अन्य नाम :  नेवारीमा “नस्वां”
वनस्पति परिवार :  भ्यालेरियानेसी (Valerianaceae)

१. परिचय
हिमाली भेगका ३,००० देखि ४,५०० मीटरसम्मको उचाईमा ढुङ्गै ढुङ्गा भएको धूपी र हिमाली चिमालको बुट्यानका छेउछाउमा चिसो र ओसिलो ठाउँमा यो विरुवा बाहृैमास पाईन्छ ।

जमीनभित्र रहने मोटो काण्डलाई राता खैरो झुस , रौं जस्ता जटाहरुले छोपिराखेको हुन्छ । काण्डको लम्बाई ७ से.मी. र चौडाई ३ से.मी. को हुन्छ । यो सुगन्धित हुन्छ । यसको स्वाद तीतो र पिरो हुन्छ । यसको पातहरु तलैबाट पल्हाई आएको हुन्छ । यिनको नाप २ से.मी. सम्म चौडा र २० से.मी . सम्म लामो हुन्छ । पातहरु घाँसका पातका आकार तथा भालाका आकार र रौं नभएका हुन्छन् । पातका टुप्पा तिखा हुन्छन् । फूलको एउटै झुप्पा हुन्छ । यो गुलाफी – सेतो रंगको हुन्छ । फूलमा भाले तथा पोथी दुवै योनी पाईन्छन् ।

२. खेती
जरा सहितको काण्डका टुक्राहरुबाट जटामसीका विरुवा उमारिन्छ । बीउबाट पनि यसको बोटहरु उमार्न सकिन्छ । यसरी उमारिएका विरुवाहरुलाई मल जल गरि तयार गरिएको बारीमा वा खेतमा सारिन्छ । एक ड्याङ्गमा सारिएका विरुवा आपसमा ३० से. मी. दुरीमा राखिन्छन् रएक ड्याङ्गबाट अर्को ड्याङ्ग ६० से. मी. को फरकमा हुनु पर्दछ । हरेक दुई महिनाको अन्तरमा गोड्नु पर्दछ ।
नेपालको निम्न लिखित जिल्लाहरुमा जटामसीको खेती गर्न सकिन्छ , ताप्लेजुङ्ग , संखुवासभा , सोलुखुम्बु , (खुम्जङ्ग , दूधकुण्ड , थ्यांगबोचे ) , गोरखा ( खरीबिरे , प्रोक , गम्दा , सिर्दिवास ) , लमजुङ्ग ( बाहुन डाँडा , चौधखोला , डुलिबेसि ), काश्की ( गोरुजुरे , माछापुच्छरे , हिमालफेंदी ) पर्वत ( धानढुगां , जलजल , नागी ) , वाग्लुङ्ग (तारा खोला मैकोट) , गुल्मी ( झुले , खुंजो ) , मुस्ताङ्ग , म्याग्दी , रोल्पा , दैलेख , जुम्ला , जाजरकोट आदि स्थान ।

३. संकलन
हिँउ हटेपछि श्रावणदेखि कार्तिक सम्ममा जमीन विस्तारै खनी विरुवा पल्हाउने केही भाग त्यही छोडी काण्ड मात्र संकलन गर्नुपर्दछ । यसले गर्दा विरुवा मासिने डर रहन्न र प्रत्येक दुई वर्षमा यसको काण्ड प्राप्त गर्न सकिन्छ ।

४. सुकाउने तथा संरक्षण
संकलन गरिएको जरा र काण्डहरुबाट माटो राम्ररी झारेर वा बगेको पानीमा पखाली सकेपछि यसमा रहेका गुण , तत्व संरक्षण गरि राख्न हावामा राम्ररी सुकाउनु पर्दछ । त्यसपछि यसलाई बोराहरुमा बाँधेर सुख्खा ठाउँमा राखिन्छ ।

५. उपयोगिता
आयुर्वेदिय प्रणाली अनुसार यसको विभिन्न उपयोगिता वर्णन गरिएको छ । यो तागत दिने , उत्तेजना , अपस्मार , मृगी , छारे , हृदय , कम्पा , अजीर्ण तथा वाल सम्बन्धि आन्द्राको बातशुल वा वात विष्फोटक , पेट दुखेको शमन गर्ने ,वायु शमन गर्ने , पिशाब गराउने र हैजा तथा रजस्वला गराउने इत्यादिका औषधीहरुमा प्रयोग गरिन्छ । सुगन्धवालको सट्टा पनि यसको प्रयोग गरिन्छ ।





Send Business Enquiry Now»

Comments (0)Add Comment

Write comment

busy

Related news items: