पश्चिमोत्तनासन
|
|
|
|
|
|
1. खुट्टा अगाडि पसारेर बस्ने । सुरुमा हातलाई सीधा भुइमा राख्ने । त्यसपछि दुवै हातलाई बिस्तारै उठाउदै पहिले कुमको सीधा र पछि टाउको माथि लाने। यसो गर्दा स्वासलाई भित्र तान्नु पर्छ। अब स्वास फेर्दै हात र जिउलाई घुडा तिर झुकाउने । दुबैहातको बुढी औला वा चोरी औलाको सहाएताले खुट्टाको औलालाई समाउने । श्वास बाहिर फेर्दै अगाडि झुक्दै टाउकोलाई घुडामाथि राख्न प्रयत्न गर्ने । पटेलाई उड्डीयन बन्धको स्थितिमा राख्न सकिन्छ ।
2. कुहिनुलाई जमिनमा राख्ने प्रयत्न गर्ने । शरीरको शतिm अनुसार १÷२ देखी ३ मिनेट सम्म यो अवस्थामा रहने । पुन श्वास छोड्दै सामान्य स्थितिमा फर्केर आउने ।
3. यो आसन पछाडि यसको प्रतियोगी (तुरुन्तै गर्नु पर्ने) आसन भुजंगासन वा शलभासन गर्नु पर्छ ।
लाभहरु
1. पृष्ठभागका सम्पूर्ण मांशपेशीहरु क्रियाशिल हुन्छ ।
2. दर मांपेशीहरुमा सकुचन आई बलियो हुन्छ ।
3. प्राण वायु सुषुम्नातिर उन्मुख हुन्छ ।कुण्डलिनी शतिmको जागरण हुन्छ ।
4. जठराग्नि प्रदीप्त भई वायु विकारको नाश हुन्छ ।




