योनी मुद्रा
योनी को अर्थ ‘पाठेघर’ या स्रोत भन्ने हुन्छ ।
बिधिहरु
(१) सर्वप्रथम एउटा ध्यानात्मक आसनमा बस्ने र टाउको र मेरुदण्ड सिधा राख्ने
(२) दुई हत्केलाहरुलाई एक आपसमा जोडने ।
(३) चोरी औलाहरुलाई सँगै जोडने । कनिण्ठ, अनामिका र मध्य औलाहरुलाई एक ठाऊमा बाँधने । बुढी औलाहरुलाई पनि एक अर्को सगँ जोडने
(४) जोडिएका बुढी औलाहरुलाई शरीरको नजिक राख्ने र जोडिएका चोरी औँलाहरुलाई त्यको ठीक विपरीत दिशा तफ सीधा गरी राख्ने जसले गर्दा हातको आकृति योनीको जस्तो देखियोस् ।
लाभहरु
(१) औँलाहरु एक आपसमा बाध्नाले दुई तर्फी रुपमा उर्जाको संचालन हुन पाउँछ।
(२) मस्तिष्कका दुई भागहरु क्रियाकलाप सूचारु रुपमा संचालन गर्न सहयोगी हुन्छ ।
(३) प्राणको वहनमा सहयोग पुगाउँछ ।
(४) शरीर र मनलाई स्थिर राखी ध्यान र एकाग्रताको शक्तिलाई बढाउँछ ।
(५) चेतना र आन्तरिक शक्तिको विकास गर्छ ।




