Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

पत्थरी


मुत्राशयमा तथा मिर्गौलामा पत्थरजस्तो वस्तु देखिनुलाई पत्थरी र आयुर्वेदमा अश्मरी रोग भनिन्छ ।

कारण
जब पिसाब को मात्रा मा कमी वा पिसाबमा पत्थर बन्ने पदार्थको मात्रा बढछ तब पत्थरी बन्ने सम्भावना हुन्छ । साधारणतया पत्थरमा अक्जालेट वा फोस्फेटको साथ कैल्शियमको संयोजन भएको हुन्छ। अन्य रासायनिक तत्वबात पनि पत्थर बन्न सक्छ जस्तै युरिक एसिड।पर्याप्त तरल पदार्थको अभाव,  तरल पदार्थका सेवन विनानै बढिकाम वा ब्यायाम, पिसाबको प्रवाहमा  बाधा भएपनि पत्थर बन्ने सम्भावना हुन्छ। केही रोग तथा औषधिका कारण पनि पत्थरी बन्न सक्छ ।

लक्षण
    कम्मर देखी दुखाई सुर भएर मुत्रमार्ग सम्म जान्छ ।
    दुखाई कडा हुन्छ ।
    पछि ज्वरो आउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, पिसाव फेर्दा दुख्ने र बान्ता हुने हुन्छ ।
    कसैकसैलाई कुनै लक्षण विनानै पत्थरी देखिन सक्छ ।

औषधि उपचार

    रोगको शुरुमा थाहा भएमा औषधि उपचारले सञ्चो हुन्छ । धेरै समय वितेपछि शल्यचिकित्सा अनिवार्य हुन्छ ।
    श्ुरुको अवस्थामा सिप्लीकानको बोक्रा १० ग्रा १ पाउ पानमिा पकाई चौथाई पानी बॉकी भएपछि छानी ३० मि.लि. को मात्रामा विहान बेलुका खान दिनुपर्छ ।
    यसैगरी पाषाण भेदको जरा र गहतको पनी बाढा बनाएर दिन सकिन्छ ।
    अथवा चन्द्रप्रवावटी २ चक्की दिनको २ पटक दूधमा मिसाएको शिलाजीत १ ग्रा. का साथ दिनुपर्छ ।
    गोक्षुरको क्वाथ बनाएर दिनको ३ पटक प्रयोग गर्नुपर्छ ।
    हजरलयहुद भस्म, यबक्षार, श्वेत पर्पटीको प्रयोग गर्नुपर्छ ।

पथ्य

    भात, गहतको झोलसंग खानदिनु पर्छ ।
    खाना खानु भन्दा पहिले र पछि त्रिकण्टक घृत खान दिनुपर्छ ।

अपथ्य
    दूध, दहि र कैलसियम बढी हुनेकुरा धेरै खान दिनुहुदैन ।





Ask a Doctor Online Now»

Comments (0)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता