बैज्ञानिक नाम ( ल्याटिन नाम) : जान्थोजाइलम अर्मेटम (Zanthoxylum armatum DC)
संस्कृत नाम : तुम्वरु, तीक्ष्णफल , तीक्ष्ण पत्र र तीक्ष्णवल्क
अन्य नाम : तामाङ्गमा “प्रुमो” , नेवारीमा “टेबू”
वनस्पति परिवार : रुटेसी (Rutaceae)
१. परिचय
यो काँढै काँढा भएको बोट नेपालको महाभारत पर्वत श्रृंखलाको १२०० देखि २,५०० मि. सम्मको उचाईका खुला पाखोमा पाईन्छ ।
अण्डवृत्त आकार भएका स–साना २ देखि ६ जोडीसम्म ( टुप्पोको पालबाहेक ) पातहरु एउटै डाँठमा दुवैतिर पल्हाएका हुन्छन् । पातहरुमा टुप्पा तिखा हुन्छन् । यसको बोटमा हरिया र केही पहेंला स–साना फूलहरु हुन्छन् । प्राय ःएक विरुवामा भाले तथा पोथी दुवै फुल पाईदैन । झुप्पाका फूलहरु फूलको मुख्य हाँगा छोडी अर्को हाँगामा निस्केका हुन्छन् ।
यसका फलहरु स–साना , राता , ४ देखि ५ मिलिमिटर व्यासका हुन्छन् । फलको स्वाद तीतो , पिरो र जिब्रो पर्पराउने हुन्छ । यी फलहरुबाट वासना पनि आउँदछ । बीउ गोलो र सानो हुन्छ ।
२. खेती
टिमुरको विरुवा बीउबाट उमारिन्छ । बोट ठूलो नै हुने भएकाले करीब १ देखि ३ मिटरको दुरीमा ठाउँ अनुसार लाइन मिलाएर ३० सेन्टिमिटरको खाल्डोमा गाई वस्तुको मल हाली यसलाई रोपिन्छ ।
३. संकलन
यसको गेडा अर्थात् फलहरु पाक्ने समयभन्दा केही अघि नै बोटबाट संकलन गरिन्छ ।
४. सुकाउने र संरक्षण
संकलन गरिएका गेडाहरुलाई राम्ररी सुकाई बोरामा कसेर ओवानो गोदाममा राखिन्छ ।
५. उपयोगिता
आयुर्वेदिक प्रणाली अनुसार यो वायुशमन गर्ने , दाँत दुखेको निको गर्ने , तागत दिने , जरो निको गर्ने , अजिर्ण र हैजा इत्यादि रोगहरुमा प्रयोग गरिन्छ । यो माछाको विषमा पनि प्रयोग गरिन्छ ।
Send Business Enquiry Now»




