Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

गुर्जो


वैज्ञानिक नामः Tinospora sinensis (Lour.) Merr.
नेपाली   नामः गुर्जो
संस्कृत नामः गुडुची
अंगे्रजी नामः Tinospora
वनस्पति परिवारः Menispermaceae

परिचयः
यो एउटा लहरेदार पतझर विरुवा हो । यसको लहरा मोटो र गुदीदार हन्छ । यसका आँख्लाबाट जराहरु निस्केर हावामा लहरिएका हुन्छन् । यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता न्बिलमक    (ग्रन्थी) का थोप्ला थोप्लाले भीरएको हुन्छ ।

यसका पातहरु एक पछि अर्को हुदै गएका हुन्छन् र भेट्नुदार हुन्छन् । पातहरु मुटु आकारका ७—८वटा नशाहरु भएका करीब १० सें.मी लामा हुन्छन् । यसका फलहरु आँख्लाबाट लामो लहरेदार भागमा फुल्दछन् । भाले फूलहरु झुप्पामा रहन्छन् भने पोथी भने पोथी फुलहरु एक्ला एक्लै रहेका हुन्छन् । फलहरु गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन्  र पाकेपछि राता हुन्छन् ।

२.वासस्थान (फैलावट)
यो उत्तर—पुर्वी भारत, श्रीलंका, म्यानमार , थाइल्याड ,भियतनाम दक्षिणी चीन ,मलेसिया लगायत नेपालमा पाइन्छ । नेपालमा  यो ३००—५०० मी. सम्मको उचाइमा पूर्व देखि पश्चिमसम्म पाइन्छ ।

३.उपयोगः
यसको उपयोगी अंग लहरा (डाँठ) हो । यसको डाँठ कमलपित्त, पुरानो ज्वरो, दम, खोकी, मधुमेह तथा पुरानो ज्वरो आदि रोगहरुमा उपयोग गरिन्छ ।

४.खेती विधिः
यो जस्तो सुकै माटोमा पनि हुर्कन सक्छ । खासगरी गर्मी ठाउँहरुमा राम्ररी हुर्कन्छ ।

५.वेर्ना तयार गर्नेः

(क)हाँगाको कलमीबाटः  डाँठका ेकलमीबाट नै यसका विरुवाहरु तयार गरिन्छन् । यसका आँख्ला सहितका करीब एकफिट जति लामा हाँगा काटेर माटो र वालुवा मिसाएको ड्यांगमा रोपेर नर्सरीमा विरुवा तयार गर्न सकिन्छ । फागुन / चैत्रतिर यसरी हाँगाहरु काटेर अलिकति भाग जमिन माथि पारेर सुताएर राखिन्छ र पानी दिइन्छ । पानी जम्नु हुदैन किनकि यसको काण्ड गुदीदार हने भएकाले कुहिने डर रहन्छ । यसरी नर्सरीमा राखिएका विरुवाहरु असार श्रावणमा सार्न तयार हुन्छन्। यसका हाँगाहरु सोझै जमीनमा गाडेपनि हुन्छ, यसरी सार्दाको समय असार / श्रावण उचित समय मानिन्छ ।

(ख) वीउबाटः यसको फलहरु असोज मंसीरमा पाक्दछन् । पाकेका राता फलहरु टिपेर बाहिरी गुदी हटाएर केही दिन राम्ररी सुकाएर वीउहरु नर्सरी व्याडमा छरेर वेर्ना तयार गर्न सकिन्छ । संकलन गरेको तत्कालै वीउ छरेपनि हुन्छ । अथवा संकलित वीउलाई राम्ररी भण्डारण गरेर फागुन / चैत्रतिर उमारेर पनि वेर्ना तयार गर्न सकिन्छ ।

६. वेर्ना सार्नेः
नर्सरीमा तयार गरिएका वेर्नाहरु खासगरि कुनै रुखहरुको फेदमा लगाइन्छ । किनकि यो रुखको सहारामा हुर्कने लहरेदार विरुवा हो ।

७. हेर विचारः
लगाइएको पहिलो वर्षमा सिँचाई तथा झारपात उखेल्ने गर्नु पर्दछ ता पनि पछिल्ला वर्षहरुमा त्यति हेर विचारको खाँचो पर्दैन ।

८. वाली संकलनः
यसको काम लाग्ने भाग भनेको लहरेदार काण्ड नै हो, त्यसकारण मंसिर देखि माघ महिनासम्म यसका लहराहरु काटिन्छ । लगाएको मितिले करीब दुई वर्ष पछि मात्र विरुवाहरु वाली लिन योग्य हन्छन् । लहरालाई जमिनदेखि माथि केही भाग छोडेर काट्नु पर्छ र अर्को वर्षमा त्यही भागबाट पलाएर आउँछ । यसरी काटिएका लहरालाई ५–७ से.मी लामा टुक्रयाइएका टुक्राहरुलाई बीचैबाट ४ फ्याक हने गरि काटेर सुकाइन्छ । अथवा मुग्रोले थिचेर चेप्टो पार्न्छि । अनि एक हप्ता जति घाममा राम्ररी सुकाइन्छ । भण्डार गर्दा ओस आउन दिन हुदैन  ।





Send Business Enquiry Now»

Comments (0)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता