Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

डालेचुक


बैज्ञानिक नाम Hippophae salicifolia D.Don and Hippophae tibetana Schlecht
नेपाली नाम डालेचुक
अन्य नाम चिची , तोरा , ताराचुक , तार्पू
अंग्रजी नाम Seabuckthorn
वानस्पतिक परिवार Elaeagnaceae

परिचय
डालेचुकले हाल नेपालमा चर्चा पाउँदै आएको छ । यो सिवकथर्न (seabuckthorn) को नामले समेत प्रचलित भइसकेको छ । डालेचुकका विभिन्न प्रजातिहरु मध्ये हाल नेपालमा दुई प्रजातिहरु उपयोगमा आएका छन् ।

१. चिची (अग्लो प्रजाति) (Hippophae salicifolia D.Don)
यो डालेचुकको अग्लो प्रजाति हो । यो ५ मीटरसम्म अग्लो हुने पतझर तथा काँडेदार रुख हो । यसो हेर्दा यो बैँश (willow) को रुख जस्तो देखिन्छ । यसका हाँगाहरु खैरो रँगका मसिना कत्लाले छोपेको हुन्छ । यसका पातहरु ३.७ से. मी. लामा र ६–८ मी. मी. चौडा हुन्छन् । पातहरुको तल्लो भाग खरानी रंगको हुन्छ र तारा आकारका धेरै मसिना रौँहरुले ढाकेको हुन्छ । पातहरु लामा अण्डवृत्ताकार वा भालाकारका हुन्छन् । यसका भाले र पोथी बोटहरु अलग अलग्गै भाले फूलहरु पहेँलो वा खैरो रंगका झुप्पा झुप्पामा फुल्दछन् भने पोथी फूलहरु पातविहिन कम्तीमा एक वर्ष पुराना हाँगामा चैत्र÷वैशाखतिर फुल्दछन् । फलहरु ७ मी े.मी. साइजका गोलाकार र पाकेपछि सुन्तला रंगका गुदीदार हुन्छन् ।

यो प्रजाति २२००–३५०० मीटर उचाइ भएका धेैरैजसो नदी या खोलाको बगर , खोल्सा खाल्सी , गल्छी र पहिरो गएको क्षेत्रहरुमा पाईन्छ । खुकुलो माटो भएको , पानी नजम्ने तर चिसो ठाउँमा यो विरुवा प्रशस्त मात्रामा उम्रेको पाईन्छ ।

२. तोरा ( होचा प्रजाति ) (Hippophae tibetana Schlecht )

डालेचुकको होचो प्रजाति झाडी जस्तै फैलिएको करीब एक मीटरसम्म अग्लो हुने काँडेदार बोट हो । यसका पुराना हाँगाहरुका टुप्पाहरुले तीखो काँडाको आकार लिएको हुन्छ । यसका पातहरु अण्डवृत्ताकार (elliptic) हुन्छन् र !=% –२ से.मी . लामा तथा २–४ मी. मी चौडा हुन्छन् । यसका पातहरु पनि खरानी रंगका हुन्छन् । यसका फूलहरु पात विहिन हाँगाहरुमा झुप्पा झुप्पामा चैत्र ÷वैशाखतिर फुल्दछन् । फलहरु अग्लो प्रजातिका भन्दा केही ठूला र पाकेपछि सुन्तला वा राता रंगका हुन्छन् ।

यो प्रजाति ३८००–४५०० मीटर सम्मको उचाई भएका पानीको छेउछाउतिर हुर्किएको भेटिन्छन् । खासगरि सुख्खा हिमाली उपत्यकाहरुमा पाइन्छन् ।

यी दुवै प्रजातिहरु नेपालका खासगरि जुम्ला , मुगु , जाजरकोट, दार्चुला, मुस्ताङ, वाग्लुङ, रसुवा , सिन्धुपाल्चोक , रामेछाप , सोलुखुम्बु लगायतका उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा हुर्किएको पाईन्छ ।

उपयोगिता

डालेचुक एउटा बहुउपयोगी विरुवा मानिएको छ । यसको काठ बलियो र लामो समयसम्म खप्ने भएकोले घरायसी कृषि औजारहरु (जस्तै हँसिया , कुटो , कोदाली आदि ) का वीड बनाउन उपयोगमा ल्याइन्छ भने दाउराको रुपमा पनि उत्तिकै प्रयोग गरिन्छ ।

यसको उपयोग खासगरि चूक (अमिलो ) बनाउनमा प्रयोग गरिन्छ । गाँउघरमा यसका पाकेका फलहरुबाट अमिलो (चुक) बनाई अचार वा तरकारीमा प्रयोग गरिन्छ भने कहीँ कहीँ औषधीको रुपमा पनि प्रयोग गरिन्छ।

हाल यसको फल भिटामिन सी को उपयुक्त श्रोतको रुपमा लिइने गरेको छ र घरेलु रुपमा पनि स्क्वास, जाम, जुसहरु उत्पादन गर्ने गरिन्छ । यसको फल चिनी रोगलाई घटाउन, रगत सफा गर्न , आइमाइको महिनावारी घटबढ भएको नियमित गर्न, रुघा खोकीको उपचार , सर्वतको रुपमा वा साधारण किसिमको विष लागेको बेला प्रयोग गर्ने गरिन्छ ।

चीनमा यसको उपयोग बढी मात्रा गरेको पाइन्छ । त्यहाँ यसबाट जुस , जाम , उच्चस्तरीय रक्सी, वियर जस्ता पेय पदार्थ र मिठाई , चकलेट जस्ता खाद्य पदार्थहरु समेत गरी झण्डै २०० प्रकारका सामाग्रीहरु उत्पादन गर्ने गरिएको पाइन्छ ।

यस बाहेक यसको जराले नाइट्रोजन (nitrogen fixation) तयार गरी माटोमा मिसाउने समेत काम गर्ने भएकाले माटोको मलिलो पना समेत वृद्घि गर्ने काममा सहयोग पुयाउँछ ।

खेती विधि

यसको महत्वको बोध गरी यसको खेती गर्ने प्िरक्रया पनि बढ्दो छ । चीनमा मात्र ७०,००० हेक्टर जग्गामा यसको वृक्षारोपण गरिएको छ । यसको खेती गर्ने प्रक्रियाहरु निम्न प्रकार छन् ।

विरुवा उत्पादन गर्ने
यसका विरुवाहरु निम्न प्रकारबाट उत्पादन गरिन्छ ।

वीउबाटः

यसको फल असोज /कार्तिकमा पाक्दछ र त्यसैबेला वीउ संकलन गर्ने कार्य गरिन्छ । फल संकलन गर्ने बित्तिकै यसको वाहिरी गुदीदार भागलाई मिचेर राम्ररी धुनु पर्दछ र वीउहरुलाई अलग्याउन पर्दछ । संकलन गरिएका वीउहरुलाई तत्काल नै उमार्नु पर्दछ । उमार्नु अघि राम्ररी सुकेका वीउहरुलाई २/३ दिनसम्म सफा पानीमा भिजाउनुपदर्छ । तर पानी दिन दिनै फेर्नु भने पर्दछ वीउ राम्ररी भिजाइसकेपछि भिजेको वीउहरुलाई ओसिलो र सफा वालुवामा मिस्याई राखी छोड्नु पर्छ । यसो गरेको एक हप्ता देखि १० दिन भित्रमा वीउहरु अंकुराउन थाल्दछन् । यसरी अंकुराएका वीउहरुलाई तत्कालै नर्सरी व्याडमा छर्नु पर्दछ ।

नर्सरीः
नर्सरी ठाउँ हेरी लम्बाई र चौडाई १ मीटर जतिको हुनु पर्दछ । राम्ररी खनजोत गरी वलौटे माटो भएको व्याड तयार गर्नु पर्दछ । व्याडलाई किरा नलाग्ने र ढुसी नलाग्ने जस्ता रसायनिक औषधी छर्कदाँ झन् राम्रो हुन्छ । यसरी अंकुराएका वीउहरुलाई १–१.५ से.मी. गहिराईमा पर्ने गरि लाइन मिलाएर वीउहरु राख्दै जानू पर्दछ । लाइन देखि लाइनको फरक करीब २०–२५ से. मी. राख्नु पर्दछ । यसरी छरेका वीउहरु २ हप्ता भित्र उम्रिसक्छन् । त्यसपछि एक महिना पछि बेर्नाहरुलाई पोलीव्यागमा सारेर राखिन्छ । यसरी पोलीव्यागमा सारेका विरुवाहरुलाई स्याहार संभार गरि एक वर्ष नर्सरीमा राखिन्छ र अर्को वर्ष फिल्डमा सारिन्छ ।

हाँगा कटिङ्ग बाटः

हाँगाको कटिङ्गबाट विरुवा उत्पादन गर्न पहिला जमीन वा व्याडको तयारी गर्नु पर्दछ । वलौटे माटो र राम्ररी कुहिएको मल र डालेचुक हुर्कने ठाउँको माटोलाई ५:३:१   भाग गरी मिस्याई व्याड तयार गर्नु पर्दछ । त्यसपछि माउ विरुवाबाट कटिङ्ग जम्मा गर्नु पर्दछ । फगुन÷चैत्रतिर राम्रा रोग नलागेका माउ विरुवाहरु छानी हाँगा काट्नुपर्दछ । यस्ता हाँगा काट्दा २–३ वर्ष पूराना हाँगाहरु छान्नु पर्दछ । त्यस्ता हाँगाहरुबाट २०–३० से.मी . लामा हाँगाहरु छड्रके पारेर काटी व्याडमा पनि छड्के पारैर नै गाड्नु पर्दछ । यसरी राखेको व्याडमाथि छाप्रो बनाई राखेमा चिस्यान रही रहन्छ । वैशाख /जेष्ठमा हाँगाहरुमा जरा निस्की हाँगाहरु पलाएर आउँछन् । त्यसपछि यिनीहरुलाई पोली व्यागमा सारी एक वर्षसम्म नर्सरीमा राखिन्छ र अर्को साल फिल्डमा सारिन्छन् ।

वृक्षारोपण तथा व्यवस्थापन


वृक्षारोपणको लागि नरम तथा वलौटे माटो भएको सिँचाइको सुविधा नभए चिस्यान रही रहने खालको जग्गा छानी तयारी गर्नुपर्दछ । विरुवा रोप्दा गहिरो खाल्डो खनी राम्ररी कुहिएको मल राखी रोप्नु पर्दछ । अग्लो प्रजातिको विरुवालाई रोपिसकेपछि सानो थाँक्रो दिनु पर्दछ ।तर सानो प्रजातिको विरुवालाई दिनु आवश्यक छैन । अग्लो प्रजातिका विरुवाहरु ३÷३ मीटरको फरकमा रोप्न सकिन्छ भने होचा प्रजातिका विरुवाहरु नजिकै रोप्न सकिन्छ । वृक्षारोपण गरेको २÷३ वर्ष सम्म विरुवाहरुको राम्रो हेरचाह पुर्याउनु पर्दछ   । विरुवाहरुको झ्याङ वाक्लो भई एक आपसमा जोडिन थालेमा हाँगाहरु छिमलेर अलि अलि खुल्ला बनार्इै राख्नु पर्दछ । यसका विरुवाहरु भाले र पोथी अलग अलग हुने हुनाले फल दिनुभन्दा अघि चिन्न सकिँदैन तर फल दिन थालेपछि चिन्न सकिन्छ । त्यसकारण भाले विरुवा धेरै देखिए पछि ती विरुवाहरु हटाई पोथी विरुवाहरु थप्दै जान सकिन्छ ।

बाली संकलन
वृक्षारोपण गरेको करीब ५ वर्ष मा यसले फल दिन शुरु गर्दछ । फलहरु श्रावण देखि कार्तिकसम्म पाक्दछन् । फलहरु पाकेपछि सुन्तला रंगका हुन्छन् । फलहरु पोटिला छँदै संकलन गरी सक्नु पर्दछ । किनभने धेरै अवेर  गरेमा फलहरु चाउरिन्छन् र यसमा रसको मात्रा कम हुँदै जान्छ । प्राकृतिक जंगलमा घना विरुवाहरु छन् भने एक हेक्टर क्षेत्रफलबाट करीब ७५०–१५०० किलोग्राम फलहरु उत्पादन हुने अनुमान गरिएको छ ।

यसको हाँगाभरि काँडा हुने भएकाले फल सावधानीपूर्वक संकलन गर्नु पर्दछ । फलहरु संकलन गर्दा सकभर हाँगाहरु नभाँचेर कैँची प्रयोग गर्नु राम्रो हुन्छ । हाँगाहरु भाँचिए भने अर्को वर्ष नयाँ हाँगामा फल लाग्दैन ।





Send Business Enquiry Now»

Comments (0)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता