Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

सुगन्धवाल


बैज्ञानिक नाम (ल्याटिन नाम)  : भ्यालेरियना वालिचाई   ( Valeriana jatamansi jones)
संस्कृत  नामः वालें , वहिष्ठम्
अन्य   नामः तामाङ्गमा “सोमन”
वनस्पति परिवारः भ्यालेरियानेसी  (Valerianaceae)


१.   परिचय
नेपालको महाभारत पर्वत श्रृंखलाको १,००० देखि ३,००० मि. सम्मको उचाईका चिसो , सेपिलो र ओसिलो ठाउँमा अक्सर गरेर लालीगुँरास भएको जंगल , खोल्सा तथा उत्तरपट्टि फर्केका पाखामा यी बाहैमास छरिएर उम्रिएका पाइन्छन् । यी विरुवा वसन्त ऋतुको आगमन पछि मात्र फुल्दछन् । यसको जरा २ देखि ४ से.मि. लामो १ देखि २ मि.मि. मोटो हुन्छ । जमिनभित्र पाईने काण्ड २ देखि ७ से. मि. लामो र ८ देखि २० मि. मि. मोटो हुन्छ । यो खैरो रंगको हुन्छ ।


यो विरुवाको पात मुटु तथा अण्डा आकारको हुन्छ । पातहरु जमीनबाटै पल्हाई हाएका हुन्छन् । यो पातको किनारा दाँते हुन्छ । यी विरुवाको फूल स–साना , सेतो र झुप्पा फूलेका हुन्छन् । झुप्पाका फूल गुलाफी रंगका हुन्छन् । झुप्पामा तलतिरका फूलहरुका डाँठ लामो र माथितिरका छोटो भै फूलहरु करीब एकै तहमा देखापर्दछन् । एकै विरुवामा भाले तथा पोथी दुवै फूल पाईदैन ।


२. खेती
सुगन्धवाललाई ओसिलो हावापानी चाहिने भएकाले सामुद्रिक सतहदेखि १,००० देखि ३,००० मि. सम्म उच्चा ओसिलो जग्गामा यसको खेती गर्न सकिन्छ । जमीन चिसो , उर्वर तथा मलिलो भएको हुनु पर्दछ । यसको खेती गर्दा राम्रो गुणस्तर भएको काण्डहरु छुट्याई वा टुक्रा गरी विरुवाहरुलाई सार्नाले अति उत्तम हुन्छ । यसको विजबाट पनि विरुवा उमार्न सकिन्छ ।

विरुवा रोपण कार्य वसन्त ऋतुमा गरिन्छ । विरुवाहरुलाई खेतमा सार्नेअघि खेतलाई राम्ररी खनजोत गरि गाईवस्तुको मल (६६० कि. ग्रां प्रति रोपनीमा) हालिन्छ । त्यसपछि मात्र विरुवाहरुलाई ड्याङ्गमा सारिन्छ । एक ड्याङ्गमा सारिएका विरुवा आपसमा ३० से.मी को दुरीमा रहने गरि र एक ड्याङ्गबाट अर्को ड्याङ्गमा विरुवाको दुरी ६० से.मी को फासलमा हुनु पर्दछ । हरेक दुई महिनाको अन्तरमा गोड्नुपर्दछ ।

नेपालका निम्न जिल्लाहरुमा यसको खेती गर्न सकिन्छ ः

ताप्लेजुङ्ग , इलाम , संखुवासभा , काठमाडौं , ललितपुर , भक्तपुर , गोरखा , (खरिवारे , वारा ) , लमजुङ्ग (दुधपोखरी , ताइतिङ) , पर्वत ( धान्द्रुक , जलजला ) , गुल्मी , वाग्लुङ्ग ( ढोरपाटन , मैकाछे ) , रुकुम , दैलेख (दुल्लु ) , जुम्ला , मुगु , कालिकोट , जाजरकोट आदि स्थान ।

३. संकलन
जमिनभित्र रहने काण्ड र जराको संकलन आश्विनदेखि मंसिरसम्ममा गरिनुपर्दछ । २ /२ वर्षमा एक पटक काण्ड र जराहरुलाई खनेर झिक्नु पर्दछ र सोही स्थानमा बोट फेरि उम्रन दिन त्यसको जरा र काण्डका केही भाग छाडी दिनुपर्दछ । यसो गर्दा विरुवा मांसिदैन र पछि धेरै पटकसम्म काण्ड संकलन गर्न सकिन्छ ।


४. सुकाउने तथा संरक्षण
संकलन गरिएका जरा र काण्डमा टाँसिएको माटो टक्टक्याएर झार्नुपर्दछ । त्यसपछि तिनलाई डालो तथा थुम्से वा यस्तै सुहाँउदो भाँडोमा हाली बगेको पानीमा राम्ररी धुनुपर्दछ । सफा जरा र काण्डलाई टुक्रा गरी घाममा वा छहारीमा सुकाईन्छ । सुकेका यी जडीबुटीलाई बोरा वा अन्य थैलाहरुमा पोको पारी बाँधी ओबानो गोदाम घरमा थन्काईन्छ ।

उपयोगिता
आयुर्वेदिय पद्धति अनुसार यो मृगी , कम्पवायु , मुर्छा , उन्माद , हैजा , पेट दुख्ने , वायुशमन गर्ने , उत्तेजक इत्यादिको औषधीमा प्रयोग गरिन्छ । प्रमेह (धातु) , रक्त प्रदर , स्वेत प्रदर र तागतको औषधीमा पनि यो प्रयोग गरिन्छ । चिराईतो , गुडुची , वृहती , कण्टकारी , गोखुर , शालपर्णी , पुष्ट–पर्णी र सुगन्धवालको काँढा बनाई खानाले बात , ज्वरोलाई फाईदा गर्दछ । प्रसुति रोगमा पनि यो प्रयोग गरिन्छ । दुखेको ठाउँमा तेलमा मिसाई मालिस गर्नाले धेरै फाईदा तथा आराम हुन्छ । अष्ट सुगन्ध मध्येका यो पनि एक सुगन्ध मानिन्छ ।





Send Business Enquiry Now»

Comments (0)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता