Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

सूर्य नमस्कार

सूर्य नमस्कारले सम्पूर्ण शरीरलाई आरोग्य शक्ति एवं उर्जा प्राप्ति हुन्छ । यसबाट शरीरको सबै अंग प्रत्यंगहरुमा सक्रिय हुन्छन् । तथा शरीरको समस्त अन्तस्राबी ग्रन्थिहरुको कार्य सुचारु हुन्छन् । यदि संभव हुन्छ भने सुर्योदयको समय गर्नुहोला। सूर्य नमस्कारलाई ११-२१ पल्टसम्म यथा शक्ति आवृति गर्न सकिन्छ ।

विधिः-
१ सूर्याभिमुख उभिएर नमस्कारको स्थितिमा हातलाई छातीको छेउमा राख्ने ।
२ श्वास भित्र भर्ने, अगाडिबाट हातलाई खोल्दै पछाडि लैजाने । दृष्टि आकाश तर्फ होस । कमरलाई पनि यथाशक्ति पछाडि झुकाउने ।
३ श्वासलाई बाहिर निकालेर हातलाई पछाडि झुकाउदै खुट्टाको छेउ जमीनमा टेकाई दिने । यदि हुन सक्छ भने हातलाई भुईमा स्पर्श गर्ने शिरटाउको लाई घुँडामा लगाउने प्रयास गर्ने ।
४ अब तल झुक्दै हातको हत्केलालाई छातीको दुबै तर्फ टेकाउने । बायाँ खुट्टा उठाएर पछि भुजंगासनको स्थितिमा लैजाने । दायाँ खुट्टा दुबै हातको बीचमा रहोस । घुँडा छातीको छेउमा रहोस तथा खुट्टको कुर्कुच्चा भुईमा होस । दृष्टि आकाश तर्फ होस र श्वास भित्र नै राख्ने ।

५ श्वास बाहिर निकालेर दाहिने खुट्टालाई पनि पछाडि लैजाने । घाँटीगर्दन वा टाउको दुबै हातहरुको बीचमा होस । कम्मरलाई माथि उठाएर तथा शिरलाई झुकाएर नाभिलाई हेर्ने ।

६ हात एवं खुट्टाका पंजाहरुलाई स्थिर राख्दै छाती एवं घुँडालाई भुइँमा स्पर्श गर्ने । यस प्रकार दुई हात दुई खुट्टा दुई घुँडा छाती एवं शिर यी आठ भुँइमा रहँदा यो साष्टांगासन हो । श्वास-प्रश्वास सामान्य राख्नु राम्रो हुन्छ ।
७ श्वास भित्र भरेर छातीलाई माथि उठाउँदै आकाश तर्फ दृष्टि राख्ने । कमर भुँइमा टेकेको होस हात र खुट्टा सीधा होस ।
८ पूर्व लिखित विधि संख्या ५को जस्तै ।
९ विधि संख्या ४ जस्तै खुट्टाको स्थिति बदल्ने । यसमा बायाँ खुट्टालाई दुबै हातको बीचको राख्ने ।
१० विधि संख्या ३ जस्तै ।
११ विधि संख्या २ जस्तै ।
१२ विधि संख्या १ जस्तै ।

लाभः-
१ सूर्य प्राणायम एक पूर्ण व्यायाम हो । यसले शरीरको सबै अंग प्रत्यङ्ग बलिष्ठ एवं निरोग हुन्छ ।
२ पेट, आन्द्रा, आमाशय, अग्नाशय, ह्दय एवं फोक्सोलाई स्वस्थ राख्दछ ।
३ मेरुदण्ड एवं कम्मरलाई लचिलो बनाएर त्यहाँ आएको विकृतिलाई टाढा भगाउँछ ।
४ सम्पूर्ण शरीरमा रक्त परि भ्रमणलाई सुचारु रुप बाट संचालन गर्दछ । यसैले रगतको अशुद्धिलाई समाप्त गरेर चर्म रोगलाई नाश गर्दछ ।
५ हात खुट्टा टुक्रा तिघ्रा काँध आदि सबै अगंको मांशपेशीहरु स्वस्थ एवं सुन्दर बनाउँछ ।
६ मानसिक शान्ति एवं बल ओज वा तेजलाई बृद्धि गर्छ ।
७ मधुमेहको लागि पनि विशेष उपयोगी हुन्छ ।
८ सूर्य नमस्कारले सम्पूर्ण शरीरलाई पूर्ण आरोग्य प्रदान गर्दछ ।

Comments (0)Add Comment

Write comment

busy
 

योगासन