मूत्रप्रणालीले हाम्रो शरीरमा रहेको मललाई पिसाबको माध्यमबाट बाहिर निकाल्ने काम गर्छ । यस प्रणाली अन्तर्गत मृगौला, यसबाट निस्कने नली, पिसाब थैली र मूत्रमार्ग पर्दछन् । मृगौलाले निकालेको मललाई नली, पिसाब थैली हुदै मूत्रमार्गबाट बाहिर निकाल्छ । यसैमार्गमा हुने कीटाणुको संक्रमणलाई मूत्रप्रणाली संक्रमण भनिन्छ । यो रोग महिलालाई बढि लाग्छ ।
कारणहरु
आखाले नदेखिने सुक्ष्म जीवाणुहरु जस्तै इ कोलाई मूख्य रुपमा मूत्रमार्ग संक्रमणमा जिम्मेदार हुन्छ । ईकोलाई, जो सामान्य रूपमा ठुलो आन्त्रामा रहन्छ, उक्त जीवाणु गुदमार्ग बाट मूत्रमार्गमा प्रवेश गर्दछ र संक्रमणमा कारक बन्दछ । त्यस्तै कुनै कुनै जीवाणु असुरक्ष्ँित यौनसम्पर्क पनि सर्दछ ।
लक्षण
प्राय पिसाब गर्न मन लागिरहन्छ ।
पिसाब फेरीसकेपछि पिसाबको थैली अथवा मूत्रमार्गमा दुख्ने र पोल्ने गर्छ ।
पिसाब थोरै मात्रामा पटक पटक हुन्छ ।
पिसाबमा रगत देखिन सक्छ ।
यदि मृगौलामा संक्रमण भएमा कामज्वरो आउने, कम्मर दुख्ने आदि हुन्छ ।
औषधि उपचार
पिसाब जाच गर्दा अम्लीय भए यबक्षार, श्वेत पर्पटीको प्रयोग गर्नुपर्छ ।
चन्द्रप्रभा वटी दुई गोली दिनको दुई पटक गोक्षुरक्वाथ ३० मि. लि. सँग खानपर्छ ।
सारिवाद्दासव , उशीरासव अथवा चन्दनासव मध्ये कुनै एउटा अथवा सबै मिलाएर चन्दनादि वटी २ गोलीकासाथ दिनको तिन पटक खानुपर्छ ।
तृणपञ्चमुल क्वाथ ३० मि.ली. को मात्रामा शिलाजीत २०० — २५० मि. लि. मिसाई दिनको दुई पटक खान सकिन्छ ।
पथ्य
चिसो पानी, कॉत्रो, खर्बुजो, उखुका रस, गहु, दूध खान दिनुहुन्छ ।
अपथ्य
पिरो, अमिलो, सुख्खा खाना खानुहुदैन ।
Ask a Doctor Online Now»




