Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

शित्कारी प्राणायाम


ध्यानको आसनमा बसेर जिब्रोलाई माथि तालुमा टाँसेर तल र माथिका दाँतलाई जोडेर ओठलाई खोलेर राख्नुहोस् । त्यस पछि दाँतका ससना प्वालहरुबाट सी सी को आवाज निकाल्दै मुखबाट सास लिएर फोक्सोमा हावा पूरा भर्नुहोस् । जालन्धर बन्द लगाएर जति समयसम्म आरामले रोकिन सक्नुहुन्छ, रोकिनुहोस् । फेरि मुख बन्द गरेर नाकबाट बिस्तारै रेचक हावा वा फ्याल्नु होस्  । फेरि यसै प्रकारले दो¥याउनुहोस् । यसलाई ८–१० पटक यसरी अभ्यास गर्नु प्रयाप्त छ । शरद ऋतुमा यस प्राणायामको कम अभ्यास गर्नु पर्दछ ।
- कुम्भक तथा जालन्धर बन्ध बिना पनि यसको अभ्यास गर्न सकिन्छ ।
- पूरकको समयमा दाँत तथा जिब्रोलाई आप्mनो ठाउँमा स्थिर राख्नु पर्दछ ।  

लाभः
1. यसका बिशेषता र लाभहरु शीतली प्राणायामका जस्तै छन् ।
2. दाँतका रोगहरु, घाँटी, मुख, नाक तथा जिब्रोका रोगमा फाईद हुन्छ ।
3. निद्रा कम लाग्छ र शरीर शीतल रहन्छ ।
4. उच्च रक्तचापमा यसले बिशेष लाभ दिन्छ ।

Comments (0)Add Comment

Write comment

busy
 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता