बैज्ञानिक नाम (ल्याटिन नाम) : एस्पारागस रेसिमोसस् (Asparagus racemosus Willd.)
संस्कृत नाम : सतावरि
अन्य नाम : सलावर , कुरिलो जरा
वनस्पति परिवार : लिलियसी (Liliaceae)
परिचयः
यो विरुवा नेपाल अधिराज्यको हिमालय कछाड तथा मध्य तराईका जंगलहरुमा १६५ मिटर देखि २२०० मिटर सम्मको उचाइमा पाइन्छ । यो एक सदावहार अग्लो लहरो लाग्ने काँडादार झाडी हो । पातहरु ०.७ सेन्टिमिटर लामो र रेखाकृत आकारको हुन्छ । सेतो फूल , पुंकेशर लामो , रातो फल र बहुजिवी हुन्छन् ।
औषधीमा प्रयोग हुने मुख्य भाग भूमिगत जरा हुन् । यो झन्डै ५ देखि १५ सेन्टिमिटर बाक्लो हुन्छ ।यसको वाह्य रंग फुस्रो पहेलो र भित्री सेतो हुन्छ । सुकेको अवस्थामा लामो खुम्चेका धर्काहरु हुन्छन् ।
खेतीः
यो विरुवाको खेती अति शितोष्ण एवं उष्ण जलवायु , पानी नजम्ने , बुरबुर माटो प्रशस्त मल भएको ठाउँमा अति राम्रो हुन्छ । बालुवा मिसिएको कालो माटोमा पनि खेती गर्न सकिन्छ । यसको खेती भुमिगत जराबाट गरिन्छ । जरा रोप्नु अघि २४ घण्टा सम्म गोवरको झोलमा डुबाउनु पर्दछ । टुसा आइसकेपछि खेतको ड्याङ्गमा सार्नु पर्दछ । वर्षाद्को बेलामा वरिपरिका घाँसहरु उखेली दिनु जरुरी छ । यसको खेतीको लागि पानी जम्नु हुँदैन । पानी जम्यो भने जरा राम्ररी फस्टाउँदैन ।
खेतमा प्रति हेक्टर ५० के.जी. नाइटोजन हाल्यो भने कन्द राम्ररी सप्रिन्छ । नेपाल निम्न जिल्लाहरुमा यसको खेती गर्न सकिन्छ । मकवानपुर , सिन्धुपाल्चोक , रसुवा , दोलखा , तरहरा , ताप्लेजुङ्ग , दैलेख , जाजरकोट , मनाङ्ग , मुगु , डोल्पा , म्याग्दी इत्यादि ।
संकलन
यो जडिबुटीको बाली रोपिएको २ वर्षमा नै संकलन गर्न सकिन्छ । हरेक वसन्त ऋतुमा माटो मुनिबाट जरा संकलन गरिन्छ । संकलन गर्दा जमिन भित्र जराको केही भाग माटो मै छाड्नु पर्दछ । यसले गर्दा विरुवा मासिने डर हुँदैन । यसै जराबाट अर्को वर्ष पलाएर आउँदछ ।
सुकाउने तथा संरक्षण
संकलन गरिएका जरा पानीमा राम्ररी पखखखाली त्यसलाई अलि बफाएर बाहिरी बोक्रा निकालिन्छ र घाममा राम्ररी सुकाउनु पर्दछ । सुकेको कन्द बोरामा कसेर ओभानो ठाउँमा राख्नु पर्दछ ।
उपयोगिता
यसको गन्ध छैन । अलि तितो र मिठो स्वादको हुन्छ । नेत्रको लागि हित छ । कफ र रगतको दोषका लागि शान्त गर्दछ । हृदय रोगको लागि हित छ । यो तागतिलो र यसले दुध बढाउँछ । यसले आर्जिन र आमासयलाई फाइदा गर्दछ ।
Send Business Enquiry Now»




