विधिः
१. ढाडको बलले सिधा उत्तानो पारेर सुत्नुहोस । खुट्टा मिलेको हुनुपर्छ। हत्केलालाई भूईतिर पारी हातलाई दुबैतिर कम्मरको छेउमा राख्नु पर्छ ।
२. श्वास भित्र तानेर खुट्टालाई विस्तारै विस्तारै ३० डिग्री त्यसपछि ६० डीग्री र अन्त्यमा ९० डीग्री सम्म उठाउनुहोस् । खुट्टालाई उठाउँदाको समयमा हातले सहायता लिन सकिन्छ । ९० डिग्रीमा यदि खुट्टा सीधा हुँदैन भने १२० डीग्रीमा खुट्टा लैजाने वा हातलाई उठाएर कम्मरको पछाडी लगाउने, कुहिनाले भूमिमा टेकिएको अवस्था होस र खुट्टालाई मिलाएर सीधामाथि उठा एर राख्नुहोस । खुट्टाको पैताला माथितिर तानिएको होस एवं आँखा बन्द होस अथवा खुट्टाको बुढी औंलामा दृष्टि राख्नुहोस । २ मिनेटबाट शुरु गरेर विस्तारै वास्तारै यो आसन आधा घण्टा सम्म गर्न्र सकिन्छ ।
३ आसन गरेर फिर्ता आउँदा खुट्टालाई सीधा राखी विस्तारै विस्तारै झुकाउने र दुवै हातलाई कम्मरबाट हटाई जमिनमा सिधा गर्नुहोस । अब हातले भुइमा थिचेर पहिले जुन क्रमले उठेको थियो त्यही क्रमबाट विस्तारै विस्तारै पहिला ढाड र पछि खुट्टालाई जमिनमा सीधा गर्नुहोस । जति समय सम्म सर्वांगासन गरिन्छ त्यति नै समय सम्म सवासनमा विश्राम गर्ने । यो आसनको प्रतियोगि या पूरक या लगत्तै गर्नु पर्ने आसन मत्स्यासन हो । अतः शवासन मा विश्राम भन्दा पूर्व मत्स्यासन गर्दा यो आसनबाट अधिक लाभ प्राप्त हुन्छ ।
|
|
|
|
|
फाइदाः
१ थाइराईड तथा घाँटीको समस्यामा यो आसन उपयोगी छ। थाइराईड ग्लैंडलाई सक्रिय एवं स्वस्थ बनाउँछ।
२ यो आसन शीर्षासन गर्न नहुने व्यक्तिहरुको लागि उपयोगी छ जसबाट शीर्षासन जतिकै फाइदा हुन्छ। दमको २-३ अवस्थाहरुको लागि पनि यो आसन उपयोगि हुन्छ किनकी यो आसनमा काँध स्थिर हुन्छ । पेटको समस्यालाई पनि सुधार गर्न मद्दत गर्छ ।
३ यो आसनले थायराइड एवं पिटयुटरी ग्लैडलाई मुख्य रुपबाट क्रियाशील बनाउँदा यस आसन अग्लो हुनको लागि विशेष उपयोगी छ ।




