Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

न्युन रक्तचाप


मुटु शरीरको अभिन्न अंग हो । यसले धमनीहरु द्धारा सारा शरीरमा रगत पठाउने काम गर्छ । रगत बग्ने नलीहरु स्वाभाबिक अवस्थामा कोमल हुन्छन् । रगत बग्दा यी नलीहरुमा पर्ने भारलाई रक्तचाप भनिन्छ । यो २ किसिमको हुन्छ – सिस्टोलिक  र   डाईस्टालिक  ।  मुटु खुम्चिएको  अवस्थामा   पर्ने  रक्तचापलार्इ  सिस्टोलिक र मुटु  फैलिएको  अवस्थामा  हुने  रक्तचापलाई  डाईस्टोलिक  रक्तचाप  भनिन्छ । साधारण अवस्थामा  सिस्टोलिक  रक्तचाप  १२०  र  डाईस्टोलिक  रक्तचाप  ८०  सम्म  हुन्छ । सिस्टोलिक रक्तचाप  ९० र डाईस्टोलिक रक्तचाप ६० भन्दा बढी भएमा त्यसलाई न्यून रक्तचाप भनिन्छ ।

कारण
    भित्रि अथवा बाहिरी आघातद्धारा शरीरमा रगतको कमि हुनु ।
    रक्ताल्पता हुनु ।
    नविन अथवा जीर्ण रोग ।
    अन्नमा  विषको   प्रयोग ।
    जीवनीय तथा पोषण तत्वको कमि हुनु
    पाण्डुरोग अथवा अरु रगतसमन्धी रोगहरु
    औषधि सेवनबाट हुने
    तीब्र संक्रमण तथा एलर्जीले गर्दा

लक्षण
    कमजोर हुनु ।
    चिसो पसिना आउनु ।
    नाडीको र मुटुको चाल बढ्नु ।
    रिंगटा लाग्नु ।
    मूर्छा पर्न लाग्नु ।
    टाउको दुख्नु ।
    छातीमा दुख्नु ।

औषधि उपचार
    कारण अनुसार ओैषधि, उपचार दिनुपर्छ ।
    दशमूलारिष्ट १ चम्चा (५मि.लि.) र अश्वगन्धारिष्ट ५मि.लि. दिनको ३ पटक बराबर पानी मिसाएर प्रयोग गर्नु पर्छ ।
    च्यवनप्राश अवलेहको प्रयोग
    मकरध्वजको प्रयोग गर्दा राम्रो हुन्छ ।

पथ्य
    खसी, खरायो , कुखुरा आदिको मांसरस खान दिनु पर्छ ।
    कालो मासको दाल, स्याउ, अंगुर र बोडी आदि सिमिहरुको परिकार खानदिनु पर्छ ।
    हल्का व्यायाम गर्न लगाउनु पर्छ ।





Ask a Doctor Online Now»

Comments (0)Add Comment

Write comment

busy