बैज्ञानिक नाम ( ल्याटिन नाम ) : पोडोफाइलम हेक्ज्यान्ड्रम (podophyllum hexandrum Royle)
संस्कृत नामः लघुपत्र
अन्य नामः कुकुरमान्टा
वनस्पति परिवारः बरबेरिडेसि (Berberidaceae)
परिचय
लघुपत्र नेपालको भित्री हिमालय भेगको ३००० देखि ४२०० मिटरको उचाईमा पाइने चिल्लो झार हो यसको डाँठ २५ देखि ४५ सेन्टिमिटर सम्मको व्यास हुन्छ । पातको घेरा बीच वा फेद सम्म ३–५ खण्डमा बाँडिएको हुन्छ । कटौरी आकारको एक्लो फूल हुन्छ । यो सेतो वा गुलाफी रंगको हुन्छ । फूलको व्यास ३ंं .५ देखि ५ सेन्टिमिटर सम्मको हुन्छ । बाह्यदल ३ , पुंकेशर ६ , फल २ छ देखि ६ं.२ से.मि. लामो र संयुक्त बहुबिज हुन्छ । फलको रंग रातो हुन्छ । औषधीमा प्रयोग हुने जमिनमुनिको भूमिगत काण्ड र जरा हो । यसको रंग खैरो र स्वाद तितो हुन्छ ।
खेती
लघुपत्र खेतीको लागि नतिशितोष्ण जलवायु चाहिन्छ । प्रशस्त मल भएको ठाउँ खेतीको लागि उपयुक्त छ । बीजबाट विरुवा उम्रन धेरै गाहृो साथै प्राकृतिक अवस्थामा उम्रन पनि १.२ वर्ष लाग्छ । अक्सर खेतीको लागि भूमिगत काण्ड प्रयोग गरिन्छ । १.० – २.५ से.मी. छोडिएको को फरक र विरुवाहरु १५–२० से.मी. सम्म फरक हुनु पर्दछ । वर्षको ३–४ पटक झारपातहरु उखेली दिनु पर्दछ र २–४ पटक सिंचाइको व्यवस्था हुनु जरुरी छ । यसरी रोपेको विरुवाबाट ४–६ वर्ष पछि बाली निकाल्न सकिन्छ ।
संकलन
वैशाख जेठ सम्म फूल फूल्दछ । फूल फूलेको अवस्थामा यसको भूमिगत काण्ड झिक्यो भने यसको औषधीको गुणमा राम्रो हुन्छ । धेरैजसो संकलन प्राकृतिक अवस्थामा बोट विरुवा सुकिसकेपछि भूमिगत काण्ड उखेल्ने काम हुन्छ ।
सुकाउने र संरक्षण
संकलन गरिएको जरा र काण्ड घाममा सुकाइन्छ । ठूला ठूला काण्डहरु भए स–साना टुक्रा पारी सुकाइन्छ । यसरी राम्ररी सुकेपछि सुकेको काण्ड र जरालाई बोरा वा बट्टाहरुमा बन्द गरी ओधानो गोदाममा थन्काइन्छ ।
उपयोगिता
आयुर्वेदिक पद्धति अनुसार यसको काण्ड र जरा पित्तलाई उत्तेजना गर्ने र रोचक गराउनमा प्रयोग हुन्छ । आधुनिक औषधीमा यसको पोडोफाइलोटक्सीन भन्ने सारतत्व क्यान्सर रोग निवारणको लागि प्रयोगमा ल्याइएको छ ।
Send Business Enquiry Now»




