Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

दुवी


छालामा सेतो दाग देखिने रोगलाई आयुर्वेदमा श्वित्र अथवा किलास भनिन्छ । यो रोग त्वचामा मेलानिन भन्ने तत्वको कमि बाट उत्पन्न हुन्छ ।

कारण
    खास कारण अज्ञात
    बाबु आमाबाट सन्तानमा आउनसक्छ ।
    कलेजो सम्बन्धी रोग ।
    पुरानो आउको रोग ।

लक्षण
    छालामा सेतो दाग हुनु । कहिलेकाही रातो खालको सानो दाग पनि हुनसक्छ ।
    खासगरी शरीरका घाम पर्ने भागमा देखिन्छ ।
    छाला सङ्गै रौं पनि सेतो हुन्छ ।

ओषधि उपचार
    यो रोग पुरानो आउको रोगीमा भएको खण्डमा कुटजको बोक्रा राखी पकाएको बाढा खान दिनुपर्छ ।
    आरोग्यवर्धनिवटी २ – २ चक्की दिनको ३ पटक खान दिनुपर्छ ।
    खयर, अमला बाकुचीको छुट्टाछुट्टै प्रयोग गर्न सकिन्छ ।
    बाकुची र मूलाको बीउ, गाईको गहुतमा पिनी बनाएको सेतो लेदो दाग भएको ठाउमा लगाउनु पर्छ ।

पथ्य
    नून र पिरो नभएको सादा खाना दिनुपर्छ ।
    तरकारीमा तितेलोैकी , करेलो , घिरोैलो दिनुपर्छ ।
    पुरानो चामल , तितो खालका तरकारीहरु अथवा गाईको दूधसंग खान दिनुपर्छ ।

अपथ्य
    चिन्ता र उत्तेजनाबाट बच्नु पर्छ ।
    धेरे बेरसम्म घाममा बस्नुहुदैन  ।
    दिउ“सो सुत्ने र राति जागा बस्ने गर्नुहुदैन  ।





Ask a Doctor Online Now»

Comments (0)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता