Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

पवन मुक्तासन

विधिः-
१ सीधा सुत्नुहोस् । श्वासलाई भित्र तान्दै दाँया खुट्टाको घुँडालाई दुवै हातले बाँधी बिस्तारै टाउको तिर तान्नु होस् । श्वास छोड्दै टाउको उठाएर घुँडालाई  नाकले छुने प्रयाश गर्नु होस् । र केही समय श्वासलाई रोकेर यहि स्थितिमा बस्नु होस् ।
२ यसरी नै पहिले वायाँ खुट्टा र पछि दुवै खुट्टाले गर्नु होस् । यसरी तिनै प्रकार बाट गरेपछि मात्र यो आसन पूर्ण हुन्छ।  ढाड दुख्ने बिरामीहरुले पवन मुक्तासनद्वितीय स्थिति मा बसेर अगाडि पछाडि दयाँ बायाँ गर्नुपर्छ यसबाट ढाड दुख्ने पनि शान्त हुँदै जान्छ ।


फाइदाः-
१ यसको नाम जस्तो छ काम पनि त्यस्तै हुन्छ । पवन भन्नाले पेटमा रहने अपान वायु हो । अपान वायुको निस्कासन गर्ने हुनाले यो आसन अम्लपित्त रोगमा फाइदा जनक छ । त्यस्तैगरी पेटको वायु विकारको लागि यो आसन अति उपयोगी हुन्छ ।
२ स्त्रीरोग, कष्टार्तव एवं गर्भाशय सम्बन्धि रोगको लागि लाभदायक छ ।
3 पेटमा बढेको बोसोलाई कम गर्दछ ।
4 यदि कम्मरमा दुखाइ भए टाउको उठाएर घुँडाले नाक नछुनु होला । खुट्टालाई दबाएर, थिचेर छाती सम्म ल्याउनुहोस् । यसो गर्दा स्लिपडिस्क, सियाटिका एवं कमर दुखाईमा पर्याप्त फइदा हुन्छ ।

Comments (0)Add Comment

Write comment

busy
 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता