यो रोग श्वास प्रणाली सुन्निदा उत्पन्न हुन्छ । यो नया र पुरानो दुई किसिमको हुन्छ। यो कुनै प्रारम्भिक कारण बाट र अरु कुनै रोग पछि पनि हुन सक्छ ।
कारण
धेरै बेर सम्म धुलो र धुवाको सम्पर्क हुनु ।
बढी परीश्रम गर्नु ।
सुख्खा खाना खानु ।
भाइरस तथा ब्याक्टेरिया लगायतका सूक्ष्म जीवाणु संक्रमण
लक्षण
खोकी लाग्छ । नयामा रुघा तथा ज्वरोपनि देखिन सक्छ ।
खोकी लगातार हुन्छ अथवा पटक पटक केही समय सम्म हुन्छ ।
केहि समय पछि कफ निस्कन्छ र खोकी कम हुन्छ ।
औषधि उपचार
खोकीमा कफ आउने गरेको अवस्थामा सुठो, मरिच, पिप्ला र जेठीमधुको धुलो वरावर मात्रामा ( प्रत्येक ५ ग्राम ) मिसाएर खानुपर्छ । यो औषधि रागी लाई दिनको दुइ पटक ४ ग्रामको मात्रामा महसंग खान दिनुपर्छ ।
गुर्जोको रस ५–१० मि.लि.मा वरावर मह मिसाई दिनको २ पटक दिनु पर्छ ।
ज्येष्ठवासादि चुर्ण,ज्येष्ठलवंगादि चुर्ण र रत्तलवंगादि चुर्ण मध्ये कुनै औषधि मह मिसाई दिनको २ पटक खान दिनुपर्छ । खोकीको साथ बढी कफ जाने भएमा असुराको पातको रसमा ( २ चम्चा ) मह, सिधे नुन र जेठी मधुको धुलो मिसाई खान दिनुपर्छ ।
खोकी सुख्खा हुने र जीउ तात्ने भएको खण्डमा यष्टीमधु चुर्ण २५ ग्राम दिनको २ पटक गाईको दुध संग खान दिनुपर्छ ।
तालीसादि वटी, लवंगादि वटी र एलादिवटी प्रत्य्ेक औषधि १–१ ग्रा. दिनको २ पटक मुखमा राखी चुस्नुपर्छ ।
द्राक्षारिष्ट ३० मि.लि. मा वरावर पानी मिसाएर दिनको २ पटक दिनुपर्छ ।
अमृतप्रास घृत १ चम्चा दुधमा मिसाई दिनको २ पटक दिनुपर्छ । यो क्षयरोगीको खोकीमा उत्तम औषधि हो ।
पथ्य
राम्रो धानको चामल, गहु, मास, मुङ र मासको दाल, बाख्राको दुध, घ्यु, भन्टा, काचो सानो मुला, जीवन्ती, वेथुको साग , बिमिरो, दाख , लसुन, धानको लावा, तातो पानी र मह यी पथ्य हुन ।
अपथ्य
बढी चिल्लो र गुलियो खाना – मिठाई, खीर आदी दुध दही खानु हुदैन । दिउसो सुत्नु हुदैन । धुवा र धुलो बाट बच्नुपर्छ ।
Ask a Doctor Online Now»




