Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

वाष्प चिकित्सा

वाष्प चिकित्सा
प्राकृतिक चिकित्साको विधामा वाष्प चिकित्साको पनि ठूलो महत्व रहेको छ । यस चिकित्सा अन्तर्गत पानीको वाष्पको सम्पर्क विशेष गरी शरीरको बाहिरी हिस्सा सँग गराइन्छ जसकाद्धारा  शरीरले त्यसको प्रतिफल प्राप्त गर्छ ।

वाष्प चिकित्साको फाइदाँ
1. यसको माध्यमद्धारा शरीरगत विजातीय पदार्चहरु गलेर स्वेदको पसिना माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ जसका कारण्ले शरीर शुद्ध हुन्छ ।

2. शरीरमा रक्तसंचार क्रिया तीव्र हुन्छ जसका कारणले जीवनी रक्तको बिकास हुन्छ ।

3.  शरीरको जडता नाश हुन्छ, आमवात ,संधिवात, पक्षवात, ग्रिधसी (sciatica), मेदोरोग आदिमा लाभ हुन्छ । बिभिन्न जिर्ण रोगमा फाइदा हुन्छ ।

वाष्प चिकित्सा (स्नान) का विधिहरु

(१)  सरल विधि ।
रोगीलाई एक कुर्सीमा राखी कम्बलले छोपिन्छ ताकि वाष्प बाहिर नजाओस् । त्यसपछि एक तफर्बाट वाष्प कम्बल भित्र छोडिन्छ तर यसमा ध्यान दिनुपर्ने एउटा कुरा के छ भने रोगीको खुला शरीरमा वाष्प सिधै नजाओस् । यस बिधिमा रोगीलाई ५ देखी १५ मिनेट सम्म राखिन्छ । पयप्ति स्वेदन भएपश्चात रोगीलाई बाहिर निकाली मनतातो पानीले नुहाइदिएर सफा कम्बल छोपी आराम गर्न दिने तर रागीलाई सिधै चिसो हावामा राख्नुहुदैँन ।

(२)  यात्त्रिक बिधि ।
आजकल विशेष सुबिधा युतm यान्त्रिक बिधि पनि आइसकेको छ । यसमा एउटा ठूलो बाक्सा भित्र रोगीलाई नांगै राखिन्छ तर उसको टाउको भने वाक्सा बाहिरै रहन्छ । त्यसपछि उपयुक्त समयसम्म त्यस बाक्सा भित्र वाष्प छोडिन्छ । ताप नियन्त्रण का लागि थर्मोमिटर र आर्दता जान्नका लागि आर्दता मापक यन्त्र पनि लगाइएको हुन्छ ।

स्थानिक र सार्वदेहिक वाष्पस्नान

स्थानिक वाष्पस्नान ।
यसका लागि नाडी यन्त्र भन्ने विशेष किसिमको यन्त्रको प्रयोग गरी अङ्ग विशेषमा वाष्प
छोडिन्छ । यस बाट विभिन्न प्रकारका शोथयुक्त रोग वाताविकार , संघिगतवात, गृघ्रसी आदि रोगमा लाभ पुग्छ ।
सार्वदेहिक वाष्पस्नान ।
यसमा सम्पूर्ण शरीरमा पुग्ने गरी वाष्प छोडिन्छ । जसका लागि शरीरलाई उपयुक्त विधिले बनाइएको यन्त्रमा राखिन्छ ।

वाष्पस्नान गर्न सकिने रोगहरु ।
रुघाखोकी , हिक्काऽ दम ,शरीरभारी हुने , कानको दुखाई, घाटीको रोग, टाउँको दुखाई , स्वर बसेको अवस्था , मुख बांगिनु , पक्षघात, पेटको रोगहरु, कबजियत , शरीर दुख्ने ,बांगिनु , पक्षघात , पेटका रोगहरु ,
कबजियत , शरीर दुख्ने  गृघ्रसी , मुत्रगत बिकारहरु , घुडा दुख्ने, आमदोष, आदि ।

वाष्पस्नान गर्न नहुने अवस्थाहरु ।
नित्य मद्य (रक्सि) सेवन गर्ने व्यक्ति, गर्मिणी , रगतसम्बन्धि बिकार भएका , पित्त प्रकृतिका मानिस, झाडापखाला पिडित, मघुमेह, गुदपाक, घेरै मोटो प्यासले छटपटाएको क्रोघी ,चिन्तित, जाण्डिस पिडित वातरक्त , कमजोर ,  ओज नाश भएको आदिँ ।

Comments (0)Add Comment

Write comment

busy
 

Online Consultation


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता