माटो चिकित्सा (Mud Therapy)
पूर्व बैदिक कालमा माटो चिकित्सा अत्यन्त अगाडि थियो ।आजको उच्च प्रबिधियुक्त बैज्ञानिक युगमा पनि माटो चिकिला प्राकृतिक चिकित्साको एक महत्वपूर्ण अंगको रुपमा बिकास भएको छ ।
माटोको छनोट
1. रासायानिक पदार्थ, रासायानिक मल , कीटनाशक औषधी, सडेगलेका जैबिक पदार्यहरु एवं यस प्रकारका अन्य कुराहरुबाट प्रदूषित माटो प्रयोग गर्नु हुदैँन ।
2. हानिकारक जीवाणु कीराहरु तथा निप्किय रुपमा रहेका जीवणुहरु जस्तै व्याक्टेरिया (Bacterial Spore), जूकाको अण्डाहरु एंव अन्य हानि गर्ने किटाणुहरु नभएको ।
मुख्य रुपमा माथि उल्लेख गरिएको कुराहरु नभएको सफा र शुद्ध माटो जो आवाश्यक प्रयोगशाला जाँच पछि संकलन गरिएकोलाई उपचारमा प्रयोग गर्नुपर्दछ । जाँच प्राप्त नतिजाअनुसार खेती नगरिएको मानिसको बस्तीदेखी टाढा जंगल क्षेत्रको ३-४ फिट तलको माटो सबैभन्दा राम्रो नमुनाको रुपमा लिन सकिन्छ ।
1. सर्वाङ्ग माटोस्नानः
यस विधिमा सम्पूर्ण शरीरमा १ इञ्चसम्मको माटोको लेप लगाइन्छ र माटो नसुक्दासम्म घाममा बस्नुपर्छ। सम्पूर्ण माटोको स्नान घाममा बसरै गनुपर्छ। चिसो मौसम वा पानी परेको बेला सर्वाङ्ग माटो स्नान गर्नु हुदैँन। बिकसित देशहरुमा घाँटीसम्म आउने माटोको खाल्डो खनेर घाँटीसम्म सम्पूर्ण शरीरलाई माटोमुनि डुवाएर राख्ने चलन पनि छ। यो विधि सम्पूर्ण छालाको रोगहरु माटोपन, मघुमेह, उच्च रक्तचाप अदि रोगहरुमा उपयोगी हुन्छ । तर उपचार गर्नुभन्दा पहिले चिकित्सका सल्लाह लिन जरुरी छ ।
2. स्थानीय माटोको पट्टी
कुनै अङ्ग बिशेशलाई उपचार गर्नु परेमा माटोलाई बिभिन्न आकारको पट्टी बनाएर पनि प्रयोग गर्न सकिन्छ ।पट्टी बनाउँदा कुनै सफा पातलो सुतिको कपडामा माटो १ षषष२ इञ्च वाक्लो गरी बनाउनु पर्दछ । पट्टीको आकार प्रयोग गर्ने भागमा निर्भर गर्दछ। जस्तै आँखाको समस्यामा आँखाको पट्टी,पटेको समस्यामा पेटको पट्टी वा घुडाको समस्यामा घुडाको पट्टी आदिको प्रयोग गर्न सकिन्छ। आवश्कताअनुसार माटोको तातो, चिसो वा समस्यामा पट्टीको प्रयोग गर्न सकिन्छ।माटोको पट्टी उपचारका लागि मात्र नभई सुन्दरताको लागि पनि प्रयोग गर्न सकिन्छ ।
माटोको शरीरमाथि गर्ने प्रभाव ।
माटोको प्रयोग गर्दा मुख्य चार किसिमको प्रभाव पर्दछ ।
1. दवाब (Pressure effect)
माटोको प्रयोग गर्दा शरीरमा माटोको तौलको कारण दबाव पर्न जान्छ ।यस दबावका कारण उपचार दिइरहेको स्थानबाट अनावशयक रुपमा जम्मा भइरहेका तरल पदार्थ (fluid) र विजतिय पदार्थहरु त्यस भागबाट हटेर सम्बन्धित अङ्गबाट बाहिर निप्कासन हुन्छन् ।
2. तापीय प्रभाव (Thermal effect).
माटोमा ताप लिने र छाड्ने गुण भएका कारण यसले शरीरमा तापको सन्तुलन बनाउन मद्दत गर्दछ । यसैले माटोले उपचारको बखत शरीरमा ताप बढी भएमा घटाउन थाल्छ र कम भएमा बढाउन थाल्छ । भन्नुको मतलव ताप बढी भएमा माटोले तातोपानी आफुतिर लान्छ र ताप कम भएमा आफनो तर्फबाट तातो पनि दिनुको साथै शरीरमा भएको तापको रक्षा पनि गर्दछ । जस्तै ज्वरोको अवस्थामा माटो पट्टी दिदा तत्काल ज्वरोको उच्च तापक्रम घट्न जान्छ ।
3. रासायनिक प्रभाव (Chemical effect)
माटोमा अनगिन्ति खनिज एवं मानव रचनाका अनुकूल स्वजातीय रसायनहरु बलेर रहेका हुन्छैन । जव माटो शरीरको सिधा सम्पर्कमा आउँछन् तब माटो र शरीरको बाह्य हिस्साबचि रासायनिक आदान(प्रदान (Chemical-effect) हुन्छ । शरीरमा भएका विशाक्त र विजातीय पदार्थहरु माटोले सोसेर आफैमा लिन्छ ।
विधुतिय प्रभाव (Electrical effect).
यस विधुतिय वा जैविक चुम्बकीय प्रभाव दुबै भन्न सकिन्छ ।शरीरमा माटोको सम्पर्क हुने बितिकै एकातर्फ आयोन आदान (प्रदान (lon Exchange) हुन्छ जसले गर्दा शरीरमा क्षार र अम्लक्षार (ph) सन्तुलनमा ल्याउन मद्दत पुग्दछ भने अर्कोतफ मानव शरीरको जैविक विधुतिय चुम्बकत्व (Bioelectromagnetic Energy) सक्रिय र गातिशील हुन्छ जसले हाम्रो जीवनशक्ति र प्रतिरक्षा शक्तिलाई विकास गर्दछ ।






