जल चिकित्सा
जल प्राकृतिक चिकित्साको प्रधान साधन हो । यो चिसो र तातो गरी दुई भेदमा आन्तरिक र बाह्य रूपमा प्रयोग गरिन्छ । विभिन्न प्रकारका स्नान र पानको माध्यमबाट पानीको प्रयोग गर्न सकिन्छ । सिद्धान्ततः जलोपचार रोगीको बल र उसको शरीरको तापक्रमलाई ध्यानमा राखेर गरिन्छ । जलचिकित्सामा जलको चिकित्सीय पानको अतिरिक्त विभिन्न प्रकारका स्नान जस्तै वाष्प स्नान, कटि स्नान, उष्ण एवं शीत स्नान, सर्वाङ्ग उष्ण स्नान, मेहन स्नान, आतप स्नान, मृतिका प्रयोग आदि छन् । उष्ण जल स्नानले शरीरलाई उष्णता प्राप्त हुन्छ जसले गर्दा रक्तनली खुलेर शरीरमा रक्तसंचारको गति बढ्दछ । यसले शरीरको जीवनी शक्ति बढ्छ र शरीरको सम्पूर्ण क्रियाहरु सूचारु रूपमा सञ्चालन हुन्छ ।
विभिन्न जल चिकित्सा विधिहरुमध्ये तल केही महत्वपूर्ण विधिहरुको उल्लेख गरिएको छः
पादप्रक्षालन
पिण्डली स्नान
कटिस्नान
रीढस्नान
यौनाङ्ग स्नान
कुहिना स्नान
हस्तस्नान
सर्वाङ्गस्नान
उषःपान
चिसो पट्टी






