मुर्छा प्राणायाम
यस प्राणायाममा शरीरलाई अर्ध वेहोसीको अवस्था सम्म लगिन्छ ।
विधि
(१) सर्वप्रथम कुनैँ आरामदायी आसनमा (पद्मासन उत्तम ) बस्ने ।
(२) टाउको र मेरुदण्ड सिधा राख्ने । शरीर शिथिल गर्ने र श्वास गहिरो र मन्द नभएसम्म श्वासमा ध्यान दिने ।
(३) खेचरी मुद्रामा जाने, त्यसपछि उज्ययी प्राणायाम अनुसार मन्द रुपमा दुवै नासाबाट श्वास भर्ने र शीरलाई बिस्तारै पछाडि ढल्काउने ।
(४) सम्भवी मुद्रामा रहने ।
(५) हातहरु सीधा राखी घुडाँलाई हातले दवाव दिने ।
(६) विस्तारै श्वास बाहिर छोडने । आखाँ चिम्लदैँ टाउँको पछाडिबाट सीधा गर्ने ।
(७) आखाँ बन्द रहेको स्थितिमा सम्पूर्ण शरीर शिथिल गर्ने ।
(८) यसो गरिसक्दा एक चरण पूर्ण हुन्छ ।
अवधी: अर्ध वेहोसीको अवस्थामा नपुगे सम्म गर्ने ।
लाभहरु:
(१) ध्यानको लागि उतम आसन हो ।
(२) बाहिरी संसारसंगको सम्बन्ध बिच्छेद गरी आत्मा र मन शुद्ध गर्छ ।
(३) तनाव, डर, अवशाद, क्रोध आदि मानसिक समस्यामा लाभदायक छ ।
(४) प्राण शक्तिको बिकास हुन्छ ।
गर्न नहुने अवस्थाहरुः
(१) हुदय रोग, उच्च रक्तचाप, छारेरोग, धमनीहरुको कडापन ,आदि अवस्थाहरुमा नगर्ने ।
(२) मुच्र्छाको अवस्थामा पुगेको आभास भएमा तुरुन्तै रोक्ने किनभने यस प्राणायामको उद्देश्य पूर्ण मुच्र्छा अवस्था नभई अर्ध मूच्छा अवस्थाको प्राप्त गर्नु हो ।




