महिलाहरुको महिनावारी हुने समय र त्यस बाहेक अरु बेलामा पनि योनी मार्गबाट बढी रगत जाने रोगलाई आयुर्वेद रक्तप्रदर अथवा असुग्दर भनिन्छ ।
कारण
विशिष्ट कारणहरु
महिलाहरुमा इस्ट्रोजन र प्रोजेष्टेरोन लगायतका अन्तस्राव (हर्मोन) हुन्छन् जसले महिनावरीलाई राम्ररी संचालन गर्दछ। जब यी हर्मोनहरुको मात्रामा गडबडि हुन्छ त्यसले गर्दा महिलामा महिनावरी सम्बन्धि बिभिन्न समस्या देखापर्दछ।
त्यस्तैगरी गर्भाशय, थाइराइड, कलेजो तथा रगत सम्बन्धि समस्याले गर्दा पनि यो रोग देखिन सक्छ ।
साधारण कारणहरु
बढी परिश्रम र चिन्ता गर्नु ।
अमिलो , पिरो बढी खानु ।
अश्लील उपन्यास , पत्रिका आदि पढ्र्रनु ।
वढी सहवास , चोटपटको असर ।
लक्षण
योनीबाट रगतको स्राब बारम्बार हुन्छ ।
कम्मर र जिउ दुख्छ ।
जिउमा कमजोर आउछ , रिंगटा लाग्छ ।
शरीर पहेलो र कमजोर दखिन्छ ।
बढी प्यास लाग्ने , थकाई लाग्ने र निदाउने हुन्छ ।
औषधि उपचार
पहिले शरीरको शोधन गरेपछी उशीर राखी पकाएको घिउ खान दिनुपर्छ ।
श्रीखण्ड चन्दनको चुर्ण राखी पकाएको काढा १५ मि.लि. दुबोको रस १५ मि. लि मिश्री मिसाई दिनको दुई पटक खान दिनुपर्छ ।
पुष्यनुगचूर्ण १ चम्चा ( ५ग्रा. ) लक्षाचूर्ण २० ग्रा. मिसाई चौलानीस‘ग खान दिनुपर्छ । प्रदरान्तक रस १२५ मि. ग्रा. देखि ३०० मि.ग्रा. सम्म दिनको दुई पटक चौलानीस‘ खान दिनुपर्छ ।
अशोकारिष्ट ३० मि.ग्रा. दिनको दुई पटक खान दिनुपर्छ ।
पञ्चवल्कलहरुको – (पिपल , बर , डुम्री , पाखुरीको) रुखको बोक्राको काढाले योनी दिनको दुई पटक धुने गनुपर्छ ।
पथ्य
सादा भोजन, दुध, हरियो तरकारी, अनार, गाजर, अंगुर, जामुनु, अमला,केरा ।
अपथ्य
बढी परिश्रम, अमिलो, पिरो, अचारहरु तेलहरु ।
Ask a Doctor Online Now»




