Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

रजोरोध (नष्टार्तव)


    महिलाहरुमा महिनावारी नहुनुलाई आयुर्वेदमा नष्टरज , रजोरोध र नष्टार्तव पनि भनिन्छ । जलवायुको फरक अनुसार महिलाहरुमा १२ देखी १६ को उमेरसम्म  महिनावारी रजको श्राव हुनथाल्छ । र ४५ देखी ५० वर्षसम्ममा यो रोकिन्छ । महिनावारी स्वभाबिक रुपमा गर्भावस्था , ४५ वर्षपछि र यौवनावस्था भन्दा पहिले हुदैन । यस बाहेक पाठेघको कुनै विकृती अथवा रगतको कमीबाट महिनावारी रोकीन्छ ।
    गर्भावस्थामा महिनावारी रोकीएकोमा कुनै औषधि उपचार गर्नु पर्दैन । ४५ वर्षको उमेर पछि रजबन्द भएमा त्यसवाट शरीरमा देखीने समस्या हरुको मात्र उपचार गर्नुपर्छ । महिनावारी अनियमित किसिमले रोकिएमा त्यस्को उचित उपचार गर्नुपर्छ । कुनै महिला युवती भएपछी पनी उसको महिनावारी रजश्राव नभएमा त्यस्को उपचार गर्नुपर्छ ।

लक्षण
    महिनावारी स्राव हुदैन ।
    शरीर भारी हुन्छ , दुख्छ ।
    कुनै काममा मन लाग्दैन , कमजोरी हुन्छ ।
    टाउको दुख्ने , खाना नरुच्ने हुनसक्छ ।


औषधि उपचार
    रजःप्रवर्तिनी वटी २ चक्की दिनको २ पटक , रजःप्रवर्तकावलेहस‘ग अथवा पानीसंग खान दिनुपर्छ ।
    घ्यु कुमारीको रस ३० मिलि को मात्रामा दिनको २ पटक दिन सकिन्छ ।
    नष्टपुष्पान्तक रस पनी उपयोगी हुन्छ ।
    नाभिभन्दा तल एरण्ड तेल अथवा कुनै अरु तेल –(नारायण तेल, बलातेल ) लगाएपछि सिमलीको पात राखी पकाएको पानीको बाफ त्यहॉ लगाउनु पर्छ ।
    अडेर र पलासको पात पिनि बनाएको लेदो तल्लो पेटमा लगाईलिनु पर्छ । यो उपचार प्रतिदिन विहान दिनको १ पल्ट लगाउनु पर्छ । महिनावारी शुरु नभएसम्म यो प्रक्रिया गर्नुपर्छ । त्यसपछि गर्नु हुदैन । त्यो लेप आधा घण्टापछि पानीले पखाल्नु पर्छ ।

पथ्य
    माछा, तिल , गहत, मासको दाल, अमिलो कुरा, (अमला , अनार , कागती , निबुवा) मोही पर्याप्त मात्रामा दिनुपर्छ ।





Ask a Doctor Online Now»

Comments (0)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता