Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

सतुवा


बैज्ञानिक नाम (ल्याटिन नाम) : पेरिस पोलिफाईला (Paris polyphylla Sm.)
वनस्पति परिवार                 :   लिलियसी (Liliaceae)

परिचय
यो विरुवा नेपालका महाभारत तथा हिमाली क्षेत्रमा १८०० मिटर देखि ३००० मिटर सम्मको उचाईमा पाईन्छ । खसु्र र ठिंग्रे सल्लाको जंगल भएको भागमा यो विरुवा धेरै भेटाईन्छ । यो विशेष गरेर सेपिला भागमा फस्टाउँछ ।

यो विरुवा सामान्यतया आधा मिटर अग्लो हुन्छ । सबै पातहरु सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । यस विरुवाका सबैजसो पातहरु एउटै आँख्लाबाट पलाएका हुन्छन् । प्रत्येक पात झन्डै भाला आकारको भई १५ सेन्टिमिटर लामो र ६ सेन्टिमिटर चौडा हुन्छन् । पातको टुप्पो चोसो परेको हुन्छ । विरुवाको टुप्पामा एउटै मात्र फूल फूलेको हुन्छ । फूलका तरेलीहरु हरियो र पहेंलो हुन्छ । एउटै फूलमा भाले तथा पोथी दुवै अंग पाइन्छन् ।

यो विरुवाको जडिबुटीमा प्रयोग हुने भाग काण्ड हो । यो काण्ड जमिनमुनि रहने र अदुवा जस्तो हुन्छ । यसको रंग खैरो किसिमको हुन्छ । साधारण अदुवामा जस्तै धेरै हाँगा बिंगा हुदैन । यो काण्ड ६ देखि ९ सेन्टिमिटर सम्म लामो र २ देखि ४ सेन्टिमिटर सम्म चौडा हुन्छ । यो काण्डबाट लामा लामा जराहरु पनि निस्केका हुन्छन् ।

खेती
काण्डबाट अथवा बीजबाट यसको विरुवा उमार्न सकिन्छ । यसको खेती नेपालमा गर्ने चलन आईसकेको छैन । खेती गर्नु पर्ने खण्डमा निम्न जिल्लाहरुमा खेती गर्न सकिन्छ । जस्तै वैतडी , जाजरकोट , दार्चुला , बझाङ्ग , दोलखा , मुस्ताङ्ग , काठमाडौँ , धादिङ्ग , रसुवा , कास्की , पर्वत , पाँचथर , भोजपुर आदि ।

संकलन
सतुवाको जडिबुटी संकलन गर्दा जमिनमुनि रहने अदुवा जस्तो काण्डलाई शरद ऋतुमा विउहरु राम्ररी पाकिसकेपछि संकलन गर्नु पर्दछ । यसको काण्ड खनेर निकालिन्छ र केही भाग जमिनमुनि छोड्नु पर्दछ । यसो गर्नाले नयाँ बोट पलाएर आउँछ र विरुपा मासिने डर हुँदैन ।

सुकाउने तथा संरक्षण

संकलन गरिएको जडिबुटीबाट माटो , धुलो र नचाहिने अरु भागहरु फाल्नु पर्दछ । यसको लागि बगेको पानीमा पखाल्नु उचित हुन्छ । त्यसपछि घाममा राम्ररी सुकाएर मझौला खालको बोरामा हालेर सुख्खा हावा लाग्ने ठाउँमा राख्नु पर्दछ ।

उपयोगिता

आयुर्वेदिक प्रणाली अनुसार सतुवा पेटमा जुकाहरु मार्नेमा प्रयोग गरिन्छ । यो जडिबुटीको धुलो तातो पानीसंग प्रयोग गरेमा तागत दिने काम गर्दछ ।





Send Business Enquiry Now»

Comments (0)Add Comment

Write comment

busy

Related news items:

 

जडिबुटी परिचय

जडिबुटी परिचय, पाइने स्थान, तिनीहरुका गुण, कर्म, औषधीय महत्व, मात्र आदि

जडिबुटीको  प्रयोग 

जडिबुटीको  संकलन, संरक्षण र औषधि बनाउने तरिका

किटनासक जडिबुटी

परिचय, प्रयोग गर्ने तरिका, असर पर्ने किराहरु 

जडिबुटीबाट बनेका औषधिहरु

औषधिहरुको परिचय, तिनीहरुका घटक, प्रयोग र मात्रा

जडिबुटी खेती

जडिबुटीको खेती बिधि, बिरुवा तयार गर्ने तरिका, फिल्डमा सार्ने,  काँटछाँट र संकलन गर्ने तरिका

जडिबुटी र रोग

जडिबुटी, तिनीहरुको प्रयोग गर्न सकिने रोगहरु को जानकारी

जडिबुटी पसल

जडिबुटी किन्ने ठाउँ, किन्ने तरिका, मूल्य आदि को जानकारी

जडिबुटीको घरेलु प्रयोग

साधारण रोगहरुको घरमा नै जडिबुटीद्वरा उपचार गर्ने तरिका को जानकारी


Online Consultation

Ayurveda Videos


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता