Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

पदमचाल


बैज्ञानिक नाम (ल्याटिन नाम) : रुहेम इमोडी  (Rheum australe D.Don)
संस्कृत नाम :   रेवाचिनी , अम्लसार , बेतसाम्ल , फलाम्ले , गन्धिनी
अन्य   नाम :     नेपालीमा “शंखत्र”
वनस्पति परिवार :   पोलिगोनेसी   ( Poylgonaceae)

१. परिचय
नेपालको ३,००० देखि ४,००० मि. सम्मको उचाईमा हिमाली भेगको फिरफिरे , ठींग्रे वा गोब्रे सल्ला इत्यादि भएका जङ्गलको छेउ छाउमा , थुम्कामा , खुला ठाउँमा र ढुङ्गाको अन्तरमा विरुवा पाईन्छ । यो १ देखि २ मि. सम्म अग्लो हुन्छ । यसको जरा र जमिन मुनि रहने काण्ड कसिएको गठिलो हुन्छ । बाहिरी भाग चाउरी परेको हुन्छ । यसबाट सुगन्धित वास पनि आउँछ । स्वाद भने पिरो , टर्रो र केही मात्रामा अमिलो पनि हुन्छ । जमिनबाटै पल्हाई आएका लामा डाठ भएका यसका पातहरु ३० से.मि. चौडा हुन्छन् ।

विरुवाका माथिल्लो भागमा तल्ला पातहरुको दाँजोमा साना हुन्छन् । यसको फूलहरु साना र राता हुन्छन् । एउटै फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन् ।

२.खेती
यसको विरुवा काण्डका टुक्राहरुबाट अथवा बीउबाट उमारिन्छ । विरुवाहरुलाई  वसन्त ऋतुमा सारिन्छ । १.५ मी. दुरीमा रहेको खाल्टोमा बेस्सरी मल जल गरेपछि मात्र यो विरुवा सार्ने कार्य हुन्छ । नेपालमा निम्न जिल्लाहरुमा यसको खेती गर्न सकिन्छ ः
दोलखा , गोरखा , लमजुङ्ग , म्याग्दी , रुकुम , पर्वत , कालिकोट , दैलेख , जाजरकोट आदि ।

३. संकलन
यसको जरा र जमीनमुनि रहने डाँठ शरद् ऋतुमा काटेर झिकिन्छ । ३ देखि १० वर्षका विरुवाहरुबाट यसको काण्ड आश्विन  महिनातिर खनेर झिकिन्छ । यी लामा , मोटा जरा र काण्डलाई धोई सफा गरिन्छ । पातका लामा डाँठहरु पनि संकलन गरिन्छ ।


४. सुकाउने तथा संरक्षण
संकलन गरिएको जरा र काण्डलाई स–साना गरी टुक्र्याइन्छ । ती टुक्राहरुलाई घाममा राम्रोसँग सुकाउनु पर्दछ । केही केही टुक्राहरुको बीचमा प्वाल पारी त्यसभित्र डोरी छिराई छहारीमा दुईवटा खम्बा वा रुखमा बाँधी सुकाउने पनि गरिन्छ । सुकिसकेका जडीबुटीहरुलाई टुक्रयाई बोरामा पोको पारी सुख्खा ठाउँमा राखिन्छ । पातका लामा डाठँहरु छहारीमा सुकाई चुल्ठी पारेर ओवानो ठाउँमा सुकाइन्छ ।


५. उपयोगिता
आयुर्वेदिय प्रणाली अनुसार यसको काण्ड र जरा जुलाफ , कब्जियत , तागत दिने र पखाला लाग्ने इत्यादिको औषधीमा प्रयोग गरिन्छ । सुन्निएको , मर्केको , भाँचिएको ठाउँमा पद्म चालको गाना कुटेर गाईको गउँतमा मिसाई लगाउनाले फाईदा गर्दछ ।

यसलाई शक्तिवर्धक पाचक , वायुशमन गर्ने इत्यादि औषधीमा पनि व्यवहार गरिन्छ । यीनका हरिया र सुकेका डाँठ , पात र फूल पनि अचार तथा तरकारीमा प्रयोग गरिन्छ ।





Send Business Enquiry Now»

Comments (0)Add Comment

Write comment

busy
 

जडिबुटी परिचय

जडिबुटी परिचय, पाइने स्थान, तिनीहरुका गुण, कर्म, औषधीय महत्व, मात्र आदि

जडिबुटीको  प्रयोग 

जडिबुटीको  संकलन, संरक्षण र औषधि बनाउने तरिका

किटनासक जडिबुटी

परिचय, प्रयोग गर्ने तरिका, असर पर्ने किराहरु 

जडिबुटीबाट बनेका औषधिहरु

औषधिहरुको परिचय, तिनीहरुका घटक, प्रयोग र मात्रा

जडिबुटी खेती

जडिबुटीको खेती बिधि, बिरुवा तयार गर्ने तरिका, फिल्डमा सार्ने,  काँटछाँट र संकलन गर्ने तरिका

जडिबुटी र रोग

जडिबुटी, तिनीहरुको प्रयोग गर्न सकिने रोगहरु को जानकारी

जडिबुटी पसल

जडिबुटी किन्ने ठाउँ, किन्ने तरिका, मूल्य आदि को जानकारी

जडिबुटीको घरेलु प्रयोग

साधारण रोगहरुको घरमा नै जडिबुटीद्वरा उपचार गर्ने तरिका को जानकारी


Online Consultation

Ayurveda Videos


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता