Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

टिमुर


बैज्ञानिक नाम ( ल्याटिन नाम)
:       जान्थोजाइलम अर्मेटम    (Zanthoxylum armatum DC)   
संस्कृत नाम :       तुम्वरु, तीक्ष्णफल , तीक्ष्ण पत्र र तीक्ष्णवल्क
अन्य नाम :     तामाङ्गमा “प्रुमो” , नेवारीमा “टेबू”
वनस्पति परिवार :   रुटेसी  (Rutaceae)


१. परिचय
यो काँढै काँढा भएको बोट नेपालको महाभारत पर्वत श्रृंखलाको १२०० देखि २,५०० मि. सम्मको उचाईका खुला पाखोमा पाईन्छ ।

अण्डवृत्त आकार भएका स–साना २ देखि ६ जोडीसम्म ( टुप्पोको पालबाहेक ) पातहरु एउटै डाँठमा दुवैतिर पल्हाएका हुन्छन् । पातहरुमा टुप्पा तिखा हुन्छन् । यसको बोटमा हरिया र केही पहेंला स–साना फूलहरु हुन्छन् । प्राय ःएक विरुवामा भाले तथा पोथी दुवै फुल पाईदैन । झुप्पाका फूलहरु फूलको मुख्य हाँगा छोडी अर्को हाँगामा निस्केका हुन्छन् ।

यसका फलहरु स–साना , राता , ४ देखि ५ मिलिमिटर व्यासका हुन्छन् । फलको स्वाद तीतो , पिरो र जिब्रो पर्पराउने हुन्छ । यी फलहरुबाट वासना पनि आउँदछ । बीउ गोलो र सानो हुन्छ ।

२. खेती
टिमुरको विरुवा बीउबाट उमारिन्छ । बोट ठूलो नै हुने भएकाले करीब १  देखि ३ मिटरको दुरीमा ठाउँ अनुसार लाइन मिलाएर ३० सेन्टिमिटरको खाल्डोमा गाई वस्तुको मल हाली यसलाई रोपिन्छ ।

३. संकलन
यसको गेडा अर्थात् फलहरु पाक्ने समयभन्दा केही अघि नै बोटबाट संकलन गरिन्छ ।

४. सुकाउने र संरक्षण
संकलन गरिएका गेडाहरुलाई राम्ररी सुकाई बोरामा कसेर ओवानो गोदाममा राखिन्छ ।

५. उपयोगिता
आयुर्वेदिक प्रणाली अनुसार यो वायुशमन गर्ने , दाँत दुखेको निको गर्ने , तागत दिने , जरो निको गर्ने , अजिर्ण र हैजा इत्यादि रोगहरुमा प्रयोग गरिन्छ । यो माछाको विषमा पनि प्रयोग गरिन्छ ।





Send Business Enquiry Now»

Comments (0)Add Comment

Write comment

busy
 

जडिबुटी परिचय

जडिबुटी परिचय, पाइने स्थान, तिनीहरुका गुण, कर्म, औषधीय महत्व, मात्र आदि

जडिबुटीको  प्रयोग 

जडिबुटीको  संकलन, संरक्षण र औषधि बनाउने तरिका

किटनासक जडिबुटी

परिचय, प्रयोग गर्ने तरिका, असर पर्ने किराहरु 

जडिबुटीबाट बनेका औषधिहरु

औषधिहरुको परिचय, तिनीहरुका घटक, प्रयोग र मात्रा

जडिबुटी खेती

जडिबुटीको खेती बिधि, बिरुवा तयार गर्ने तरिका, फिल्डमा सार्ने,  काँटछाँट र संकलन गर्ने तरिका

जडिबुटी र रोग

जडिबुटी, तिनीहरुको प्रयोग गर्न सकिने रोगहरु को जानकारी

जडिबुटी पसल

जडिबुटी किन्ने ठाउँ, किन्ने तरिका, मूल्य आदि को जानकारी

जडिबुटीको घरेलु प्रयोग

साधारण रोगहरुको घरमा नै जडिबुटीद्वरा उपचार गर्ने तरिका को जानकारी


Online Consultation

Ayurveda Videos


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता