मर्कटासन
विधिः
---उतानु परेर सीधा सुत्ने । दुबै हातलाई दुबै पट्टी फैलाउने । हातको हत्केलाहरुलाई आकाशतर्फ खुलाउने । दुबै खुट्टालाई घुँडाबाट मोडेर नितम्बको छेउमा राख्ने ।
---घुँडालाई दायाँ तर्फ झुकाउदै दायाँ घुँडालाई भूईमा टेकाउने । बायाँ घुँडा र दाहिने घुँडा एकै ठाँउमा रहेकोहोस् । दायाँ खुट्टाको एडीले बायाँ खुट्टाको एडी छोएको होस् । घाँटीलाई बाँया तर्फ मोडेर राख्ने ।
---यसरी नै बायाँ तर्फबाट पनि यो आसनलाई गर्ने । घाँटी दायाँ तर्फ हुदा घुँडाहरु बायाँ तर्फ झुकाउने ।
|
|
|
|
लाभः
यो अभ्यास ढाडदुखाई, कम्मर दुखाई, हाड जोर्नि दुखाई, सर्वाइकल स्पोण्डिलाइटिस, स्लिपडिस्क एवं सियाटिकामा विशेष लाभकारी छ ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



