Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

स्वप्नदोष

राती सुतेको बेलामा कुनै सपना देखिएपछि अथवा त्यसै पनि लिंग उत्तेजीत भै वीर्य बाहिर आउने समस्यालाई स्वप्नदोष भनिन्छ । यो युवक अवस्थामा हुने स्वाभाविक प्रक्रिया हो । तर महिनामा २ पटक भन्दा बढी अथवा हप्तामा दुई तीन पटक स्वप्नदोष भएमा यो रोग मानिन्छ ।

कारण
    परिवारमा उचित प्रेम नहुनु ।
    उपयोगी काम नगरी खाली बसनु ।
    अस्लील चित्र , उपन्यास आदि हेर्नु
    महिलाहरुको बिचमा निरन्तर बस्नु ।
    खानामा बढि पौष्टिक गुलियो , चिल्लो तथा पिरो , अमिलो खाईरहनु ।
    व्यायाम तथा शारीरिक परिश्रम नहुनु आदि ।

लक्षण
    राति सुतेको बेलामा नारीहरु सम्बन्धित सपना देखिन्छ ।
    त्यसको परिणाम स्वरुप उत्तेजना भई वीर्य निस्कन्छ ।
    यस्तो संधै भइरहदा मनमा शङ्का र डर हुन्छ ।
    टाउको दुख्ने , रिंगटा लाग्ने हुन्छ ।
    बसेर उठता आंखा अगाडी अंध्यारो देखिन्छ ।
    कम्मर दुख्न थाल्छ ।
    कुनै काम गर्ने जांगर लाग्दैन ।
    मन चन्चल हुन्छ , कुनै काममा स्थिर हुदैन ।
    कुराहरु चांडै बिर्सिन्छ ।
    दिसा राम्रोसित सफा हुदैन ।
    आंखा कमजोर हुदै जान्छ ।

औषधि उपचार
    पेट सफा राख्न राती सुत्ने बेलामा त्रिफला चुर्ण ३ देखि ६ ग्राम. मनतातो पानीसंग खान दिनुपर्छ ।
    चन्द्राप्रभा वटी १ , १ गो. विहान बेलुका खाना भन्दा ३ घण्टा अघि खान दिनु पर्छ ।
    बंगभस्मसङ्ग धातुपौष्टिक चूर्ण र गिलोय सत्व मिलाएर खानु पर्दछ ।
    च्यवनप्रास ६ ग्रा. बिहान बेलुका सेवन गर्नुपर्छ ।

पथ्य
    विचार शुद्द राख्नु पर्छ । यसका लागी असल संगत गर्नुपर्छ ।
    उपयोगी काममा लाग्नु पर्छ ।
    नियमित रुपमा योगासन आदि हल्का व्यायाम गर्नुपर्छ ।
    रसिला, गुलिया, फलहरु – आंप , स्याउ, नास्पाती, केरा आदि । दुध, मसला बढी नराखेको सादा तरकारी र अन्नहरु खानुपर्छ ।
    बढि एकान्तमा बस्ने गर्नुहुदैन ।
    अश्लील पत्रपत्रिका र उपन्यासहरुबाट बच्नुपर्छ ।





Ask a Doctor Online Now»

Comments (0)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता