Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

श्वेत प्रदर ( ल्यूकोरिया)


महिलाहरुमा योनीमार्गबाट सेतोपानी जानेरोगलाई श्वेत प्रदर भनिन्छ ।

कारण
    परिश्रमको कमी, बढी सहवास, मादक पदार्थ सेवन ।
    जननेन्द्रिीयको सफाई नहुनु ।
    बढी पिरो, अमिलो, तेल, मसला भएको खाना ।
    महिनावरीको गडबढी, पाठेघर सुन्निनु ।
    गर्भपात भई राख्नु ।

लक्षण
    योनीमार्गबाट सेतो र दुर्गन्धी पानी बग्छ । त्यो कपडामा भिज्छ ।
    शरीर जताततै दुख्छ, कम्मर बढी दुख्छ ।
    योनीमार्गमा बढी चिलाउने हुन्छ ।
    खाना मन नलाग्ने , वाकवाकी हुने, छाती दुख्ने हुनसक्छ ।

औषधि उपचार
    चन्द्रप्रभावटी २ गो. दिनको २ पटक दिनुपर्छ । साथमा चन्दनासव ५ मि.लि. र सारिवाद्यरिष्ट ५ मि.लि. मिसाएर दिनुपर्छ ।
    घ्युकुमारी को रस , असोकको बोक्राको काढा बराबर पानी मिसाई दिनको २ पटक दिन सकिन्छ ।
    पञ्चवल्कल (बर, पिपल, आदी रुखको बोक्रा) अथवा त्रिफला , फिटकिरी , ऑपको बियॉ को गुदी , जामुनको बियॉ , धाईरोको फुल  राखी पकाएको काढाले दिनको २ पटक योनी धुने गर्नुपर्छ ।

अरु उपयोगी औषधिहरु
वसन्त कुसुमाकर रस, पुष्यानुगचुर्ण,  सुपारीपाक, पत्रांगासव, र अशोकारीष्ट ।

पथ्य
    गहू‘ , जौको रोटी , हरियो तरकारी ।
    सॉझ विहान टहल्नु र शारीरीक परिश्रमकको काम केही गर्नु ।

अपथ्य
    अमिलो अचार , खुर्सानी , गरम मसलाहरु राखेको खाना , बढी तातो पेय पदार्थ (चिया, कफि) , मादक पदार्थ, आलु , भण्टा , बासी खाना ।





Ask a Doctor Online Now»

Comments (0)Add Comment

Write comment

busy

Related news items:

 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता