कपालभाति प्राणायाम
विधि:
१. कुनै सजिलो ध्यान आसन (पद्मासन) मा बस्ने अनि टाउको र ढाड सीधा राख्ने, हात घुँडामाथि अड्याउने ।
२. आँखा चिम्म गर्ने ।
३. गहिरो र लामो श्वास भित्र भर्ने ।
४. अब पेटको मांशपशीलाई संकुचन गर्दै श्वास जोडले बाहिर फाल्ने तर धेरै बल नगर्ने ।
५. अब श्वास आफैँ भित्र भरिन जान्छ । पुन: त्यही प्रक्रियाले श्वास फाल्ने ।
६. यो श्वास-प्रश्वास १० चोटि गर्दा १ चक्र पूरा हुन्छ ।
७. यस्तो चक्र ३-५ चोटि गर्ने ।
लाभ:
१. यसले पर्याप्त अक्सिजन आपुर्ति गर्दै रगत सफा गर्छ ।
२. पेटको बोसो घटाई सुगठित गर्छ ।
३. विचार शुद्धिकरण गर्छ ।
सावधानी:
१. यो क्रिया मुटुरोग, उच्च रक्तचाप, अपस्मार भएका दुर्बल वयक्तिले गर्नु हुँदैन ।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



