Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

बेजोड आयुर्वेद लथालिङ्ग आयुर्वेद

डाक्टरले जवाफ दिइसकेको थियो, अव केही हुदैन । कष्ट भयङ्कर थियो । रोग नै पत्तो लागि रहेको थिएन । सबै जाँच भइसकेको थियो । तीन चारजना डाक्टरलाई देखाइसकेपछि अन्त्यमा विशेषज्ञ डाक्टरले बताएका थिए-अव यसले जे माग्छ दिनुस् । क-कसलाई भेट्ने इच्छा छ भनी परिवारका मानिसले उनलाई सोधे । अन्त्यमा एकजना छिमेकीको अग्रहमा एक सुप्रसिद्ध वैद्यजीकोमा लगियो । काँसको भाडा पेटमा राखेर तीनचार फिटमाथिबाट चिसो पानी खसाल्न थालियो, सँगसँगै केही चूर्ण र सिरप दिन शुरु गरे वैद्यजीले । चमत्कार भयो । छ सात घण्टामै रोगीले नयाँ जीवन प्राप्त गर्यो र फेरि फर्केर त्यो रोग आएन । १८ वर्षको ती युवती अहिले लगभग ५० वर्षको भइसकेकी छन् । अहिले पनि उनी वैद्यजी र आयुर्वेदको गुण गाउछिन् ।

चिकित्सा प्रणालीमा सबभन्दा पुरानो रहेको आयुर्वेदिक चिकित्सा प्रणालीले देशको परिवर्तनसँगै आफूलाई परिवर्तन गर्नसकेको छैन् । देश आधुनिक युगतिर लम्किरहेको अवस्थामा पनि आयुर्वेद उपचारमा आधुनिकता आएको छैन् । यसको प्रमुख दोषी भनेको सरकार नै हो । अरू अरू चिकित्सा प्रणालीमा सरकारले जति ध्यान दिए पनि यो प्रणाली तथा उपचारतर्फ सरकारको खासै ध्यान गएको देखिँदैन् ।

देशको सबभन्दा प्राचीन उपचार पद्धति आयुर्वेदलाई मानिए पनि कुन मितिबाट सुरु भयो त्यसको यकिन तथ्याङ्क कसैसँग छैन । यो पद्धति पुरानो भए पनि राणाहरूको पालामा बढी फष्टाएको मानिन्छ । उपत्यकाका मल्लराजा प्रताप मल्लको पालामा औपचारिक रूपमा आयुर्वेदिक उपचारको सुरुवात भएको मान्यता पाइन्छ । राणाहरूले दोस्रो विश्व युद्धमा बि्रटिस फौजहरूका लागि यो उपचार पद्धति पठाएर सहयोग गरेको तथ्याङ्क पनि कतैकतै पाइन्छ । अहिलेको सिंहदरबार वैद्यखाना विकास समितिको इतिहास नै तीन सय ६५ वर्ष पुरानो रहेको छ । राणाहरूले जडिबुटीबाट उपचार गराउन भारतबाट वैद्यहरू बोलाई दरबार भित्र राखेर नै आयुर्वेदिक उपचार सुरु गराएका थिए । यही तथ्याङ्कलाई आधिकारिक मान्ने चलन रहँदै आएको विकास समितिका डाक्टर विसुन दयालप्रसाद पटेल बताउनुहुन्छ ।

देशमा सुरुदेखि दरबारको लागि जडिबुटी बनाउने परम्परा जस्तै भएको थियो । दरबरिया राजघरानामा कसैको बच्चा भयो भने वैद्यखानबाट वैद्य बोलाएर जडिबुटीको औषधि खुवाउने चलन पारस शाहको बच्चा जन्मेसम्म कायम रहेको थियो डा. पटेलको भनाइ छ ।

वि.स. १९९५ तिर आयुर्वेद विभागको स्थापना भएपछि विभागले नै यसको रेखदेख तथा व्यवस्थापन गर्न थालेको थियो । त्यहाँबाट औषधि आपूर्ति हुने काम भएको थियो । २०५२ सालमा विभागबाट अलग भएर स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर समितिमा परिणत भएको थियो । राणाहरूले सुरु गरेको यो उपचार पद्धतिको उपयोग सर्वसाधारण जनताले गर्न पाएका् थिएनन् । देशमा प्रजातन्त्रको स्थापना भएपछि मात्र यसको लाभ सर्वसाधारणले लिन पाउने भएका हुन् । आयुर्वेद पद्धतिले यस्तो इतिहास बोके पनि यसको विकासतिर कसैको ध्यान गएको छैन् । सरकारीस्तरबाट सिंहदरबार वैद्यखाना विकास समितिले एजेन्ट मार्फत औषधि आपूर्तिको कार्य गरिरहेको छ भने निजीस्तरबाट दुई दर्जनभन्दा बढी रहेको छैन् । नेपालमा निजीस्तरबाट आयुर्वेदिक औषधि उत्पादन गर्ने कम्पनीहरूमा सिहदरबार वैद्यखानापछि हर्वल कम्पनी हो जसले ३८ थरीका औषधिहरू उत्पादन गर्छ । अर्को आरोग्य भवन रहेको छ जसले पनि ३५ भन्दा बढी थरीका औषधिहरू उत्पादन गरिरहेको छ, त्यस्तै पशुपति आयुर्वेद कम्पनीले १५ भन्दा बढी, ˆलूर हिमाल कम्पनीले सात, सूर्य हर्वर्ल लगभग १०, लोमस प्रा.लि. करिब तीन, किंग हब्स दुई, सगरमाथा आयुर्वेदिक औषधिले एकथरी औषधि उत्पदान गरिरहेको ध्रुवतारा औषधालयले जानकारी गराउनुभयो । त्यस्तै गोरखा आयुर्वेद कम्पनी -हुरमटारी गोरखा), गोरखानाथ मनकामना आयुर्वेद उद्योग प्रा.लि. -जोरपाटी), सिद्ध आयुर्वेद, त्रिफला जडिबुटी कम्पनीलगायतका कम्पनीहरूले पनि औषधि उत्पादन गरिरहेका छन् ।

नेपालबाट उत्पादित औषधिको बजारभन्दा भारतीय कम्पनीहरूले उत्पादन गरेको औषधिको मार्केट नै राम्रो रहेको देखिन्छ । भारतबाट औधषि पठाउने कम्पनीहरू डाबर कम्पनी, बेद्यनाथ कम्पनी, चरक कम्पनी, द हिमालयन ड्रग्स कम्पनी, बाम ल्याब्स, हर्बल प्रा.लि. लगायतका कम्पनीहरू रहेका छन् ।

सिंहदरबार वैद्यखानाले वाषिर्क एक सय ६० प्रकारको ४० हजार केजी मात्र औषधि उत्पादन गर्दै आइरहको छ तर भारतले नेपालकै जडिबुटी लगेर नेपालको बजारलाई क्याप्चर गरेको डाबर कम्पनीले मात्र पाँच सय भन्दा बढी प्रकारको औषधि उत्पादन गर्दै आइरहेको छ र त्यसको निर्यात संसारका थुप्रै देशहरूमा निर्यात भइरहेको छ भने नेपालमा बिक्री हुने औषधिहरूको ८० प्रतिशत भारतीय औधषी बिक्री हुने गरेको ध्रुवतारा आयुर्वेद औषधालयका विश्वराज ढुङ्गेल बताउनुहुन्छ ।

सिहदरबार वैद्यखानामा उत्पादन हुने औषधिहरूको लागि करिब तीन सय प्रकारको जडिबुटी -वनस्पति, जान्तव्य र खनिज) प्रयोगमा ल्याइरहेको डा. पटेलले जानकरी गराउनुभयो । जान्तव्य, खनिजहरूबाट करिब ७५ प्रकारको औषधिहरू उत्पादन गर्ने गरिन्छ । जसमा चन्द्रप्रभावटी, आरोग्यवर्धनीवटी, लक्ष्मीविलास रस, शंखप्रभाव, मोतिभष्म, स्वर्णभष्म, अभ्रक भष्म, लौहभष्मजस्ता औषधिहरू उत्पादन गरिरहेको छ ।

शिलाजित, च्यवनप्रास अवलेह, वाजीका शक्ति, अशोकारिष्ट, दशमुलारिष्टजस्ता औषधिहरू वैद्यखानाको अत्यन्त लोकपि्रय औषधिमध्येका हुन् । रोगीहरूले शिलाजीत भने औषधि नेपालभन्दा अरू देशको मन पराउँछन्, डा. पटेलका दावी छ । समग्रमा हेर्ने हो भने सिहदरबार वैद्यखानाबाट उत्पादित औषधिमध्ये सबभन्दा बढी बिक्री हुनेहरूमा अविपत्तिकर चूर्ण, त्रिफला चूर्ण, शिलाजित, च्यवनप्रास अवलेह, तुलसी चिया, वाजिका शक्तिहरू रहेका छन् ।

मौसमले औषधि उत्पादनमा पनि असर पारेको हुन्छ, जस्तै कार्तिकदेखि फाल्गुनसम्म आलो आमल पाइन्छ त्यस महिनामा च्यवनप्रास अवलेह बनाउने गरिन्छ । अशोकारिष्ट, दशमुलारिष्ट, आसवारिष्टको लागि गर्मी मौसम नै चाहिन्छ ।

सरकारी मातहतमा रहेको नरदेवी चिकित्सालयले पनि २० थरीका औषधि आफै उत्पादन गर्दै आइरहेको छ । यसमा सुधामृत, दारबीचूर्ण, यस्टीमधु, मदानन्द रस, त्रिफलालगायत रहेका छन् । सिंहदरबार वैद्यखानालगायत देशभरमा जम्मा दुई सय १४ वटा औषधालयहरू रहेका छन् जसमध्ये हिमाली क्षेत्रमा सात, पहाडमा एक सय ४८ र तराईमा ९५ वटा आयुर्वेद औषधालयहरू रहेका छन् ।

यता बाँकी नेपाली कम्पनी तथा भारतीय कम्पनीहरूबाट नेपालमा कति औषधि आयात हुन्छ त्यसको तथ्याङ्क कहीँ छैन यहाँसम्म कि स्वास्थ्य मन्त्रालयअन्तर्गतको आयुर्वेदतर्फको आधिकारिक निकाय आयुर्वेद विभागसँग पनि छैन् । विभागका निर्देशक डा. ठाकुरराज अधिकारीले पनि सबै जानकारी दिन असमर्थता देखाउनुभयो । सरकारी आयुर्वेदिक चिकित्सालयको तथ्याङ्क र सरकारी औषधि उत्पादनबाहेक अरूको रेकर्ड विभागसँग नभएको बताउनुभयो ।

निर्देशक अधिकारीले सरकारका मन्त्रीहरूले मौखिक भाषण जति दिए पनि नीतिगतरूपमा कुनै कुराको वास्ता नगरेको पीडा पोख्नुभयो । आयुर्वेद विकासमा राज्यले गरेको भेदभावको कारण त्यसको विकास नभएको बताउनुहुुन्छ । आयुर्वेदको विकास एक जना गरेर हँुदै त्यसको लागि सरकारले इमानदार हुनुपर्छ । तीन वर्षे अन्तरिम योजनामा ९० वटा औषधालय र दुईवटा क्षेत्रीय चिकित्सालय बनाउने योजना थियो तर सरकारले त्यसलाई पनि थाँती लगायो निर्देशक अधिकारीले आक्रोश पोख्नुभयो ।

क्षेत्रीय चिकित्सालयको लागि राष्ट्रिय योजना आयोगले समेत स्वीकृति दिइएको थियो तर सरकारले वास्ता नदेखाएको कारण कुनै काम नभएको निर्देशक अधिकारी सरकारको कामप्रति छट्पटिदै आक्रोश पोख्नुभयो । उहाँले आयुर्वेदको क्षेत्रमा अहिले केही भएको छैन यस्तै रहिरहृयो भने आउने दिनको भविष्य नराम्रो हुने सङ्केत गर्नुभयो ।

आयुर्वेदिक शिक्षा

आयुर्वेद उपचार तथा चिकित्सा पद्धतिमा वैद्य विनोद, उपवैद्य, आयुर्वेद मध्यमा, वैद्य भूषण, आयुर्वेद शास्त्र, वैद्य रत्न, आयुर्वेद आचार्यलगायत वैद्य, कविराजको पद हुँदै नेपालमा हाल डाक्टरसम्मको पद चलनचल्तीमा आएको छ । चन्द्रशमशेरको पालामा चन्द्रनिघन्टु पुस्तक प्रकाशित भएको थियो सोही पुस्तकमा उल्लेख भएका फर्मुलाअनुसार नै हालसम्मका आयुर्वेदिक औषधिहरू उत्पादन भइरहेको छ ।

वि.स. १९९५ देखि सुरु भएको आयुर्वेद महाविद्यालयबाट आयुर्वेद चिकित्सक उत्पादन गर्ने काम भएको थियो भने २०३० सालबाट आयुर्वेद क्याम्पस सुरु भएपछि त्यसबाट जनशक्ति उत्पादन गर्ने काम भयो । यो क्याम्पस सञ्चालन हुनुअघि विभिन्न प्राइभेट इन्स्िटच्युटबाट तालिम लिएर आयुर्वेदिक क्षेत्रमा काम गरेको देखिन्छ । संस्कृत विश्वविद्यालयमा आयुर्वेद विषयमा पढाइ हुने गरेको र त्यहाँबाट पनि जनशक्ति उत्पादन भएको आयुर्वेद क्याम्पसका प्रमुख डा. डीबी. रोक्कााले जानकारी गराउनुभयो ।

नेपालमा स्वदेशभन्दा पनि विदेश -भारत) बाट उत्पादन भएका जनशक्तिहरूले काम गरिरहेको पाउन सकिन्छ डा. रोक्काको दावी छ । नेपालले चाहिएको मात्रामा जनशक्ति उत्पादन गर्न नसक्नुको पछाडि सरकारलाई नै दोषी देख्नुहुन्छ उहाँले । सरकारको नीतिले नै क्याम्पसले प्राप्त गर्ने उद्देश्यको बाधक भएको डा. रोकाको दावी छ । नेपालमा हालसम्म कीर्तिपुरको आयुर्वेद क्याम्पस र जनकपुरमा रहेका मिथिला आयुर्वेद कलेज एण्ड अस्पताल गरी दुई चिकित्सालय मात्र स्थापना हुनसक्नुले नै नेपाल सरकारले आयुर्वेदप्रति कतिको लचिलो र गम्भीर रहेको कुरा प्रस्ट हुन्छ आयुर्वेद विभागका निर्देशक अधिकारीको कटाक्ष छ ।

आयुर्वेद क्याम्पसले बीएएमएसको कोर्स मात्र पढाइरहेको छ । थ्री फेजमा साढे पाँच वर्षमा कोसै सिध्याउने गरिन्छ । प्रवेश परीक्षाबाट छनोट गरी १५ जनालाई भर्ना गर्न सकिने प्रावधान छ भने वैकल्पिक पाँच जनालाई सशुल्क भर्ना लिँदै गरेको छ । नेपालमा एमडीएमएस कोर्सको पढाइ सुरु भएको छैन् । यसको लागि आयुर्वेद क्याम्पसले सरकारसँग पहल सुरु गरेको छ तर कुनै ठोस नतिजा नआएको क्याम्पस प्रमुख रोक्काले बताउनुभयो । सो कोर्सको अध्ययनका लागि विद्यार्थीहरू चीन जाने गरेको पाइन्छ । हुनत भारतमा पनि एमडीएमएसको अध्यापन हुन्छ तर हालसम्म त्यतातिर विद्यार्थीहरू पढ्न गएको भने तथ्याङ्क कही पाइएको छैन् ।

यता आयुर्वेद क्याम्पसमै १५ देखि २० जना विद्यार्थीलाई अध्यापन गराउनका लागि धौ धौ परिरहेको छ । विद्यार्थीहरूलाई जुन किसिमले उच्च गुणस्तर शिक्षा दिनुपर्ने हो त्यो दिन नपाएको क्याम्पस प्रमुख रोक्काको गुनासो छ । क्याम्पसलाई चाहिने आवश्यक बजेट सरकारले उपलब्ध गराउन नसकेको कारण दक्ष जनशक्ति उत्पादन गर्न अप्ठ्यारो हुने सङ्केत देखिएको र त्यसको अरूको ल्याबलाई प्रयोगमा ल्याउने बाध्यता भएको रोक्काको गुनासो छ । क्याम्पसमा ४४ जना प्रशासनपट्टी कार्यरत छन् भने करिब २५ जना प्रध्यापकहरू कार्यरत छन् । लगभग १५ जना प्रध्यापकहरूले पार्टटाइम अध्यापन गराइरहेका छन् ।

सो क्याम्पसको बीएएमएसमा अध्ययनरत विद्यार्थी सन्जित सापकोटाले नेपालको सन्दर्भमा सबभन्दा फिट हुने उपचार आयुर्वेदिक भएकोले यसलाई नै रोजेको तर सरकारले यो विभागप्रति खासै ध्यान नदिएको कारण दुःख लागेका बताउनुहुन्छ । प्रकृतिबाट निर्मित नेपालमा आयुर्वेदको विकासमा थुप्रै सम्भावना हुँदाहँुदै पनि सरकारले यसको नजरअन्दाज गर्नु विभेदकारी नीति हो ।

त्यस्तै, अर्का विद्यार्थी रमण भट्टराईले नेपालको जनजीविकासँग मेल खाएको कारण यसलाई अँगालेको बताउनुहुन्छ । आˆनै देशको पद्धति भएको कारण यसै क्षेत्रमा बसेर सेवा गरे हरेक क्षेत्रलाई फाइदा हुने भएकोले यसै विभागमा लागेको उहाँको तर्क छ तर सरकार यसप्रति उदासीन भएको कारण चिन्ता पनि लागिरहेको बताउनुहन्छ । नेपालका सन्दर्भमा यसलाई अलिकति प्रोत्साहन गर्‍यो भने एमबीबीएसभन्दा पनि राम्रो गर्ने आफूलाई विश्वास लागेका भट्टराईले बताउनुभयो ।

नरदेवी अस्पताल

औषधि उत्पादनदेखि लिएर चिकित्सालयसम्मको अवस्था खराब भएझँै अस्पतालको अवस्था पनि त्यस्तै छ । एउटा मात्र रहेको नरदेवी चिकित्सालय आफै बिरामी भएको जस्तो देखियो । नौ जना डाक्टरको दरबन्दी रहकोे सो अस्पतालमा जाँदा समयमा कुनै पनि डाक्टर समयमा उपस्थित हँुदैनन् ।

Comments (1)Add Comment

Write comment

busy
 

Online Consultation


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता