Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

उच्च रक्तचाप


मुटु शरीरको अभिन्न अंग हो । यसले धमनीहरु द्धारा सारा शरीरमा रगत पठाउने काम गर्छ । रगत बग्ने नलीहरु स्वाभाबिक अवस्थामा कोमल हुन्छन् । रगत बग्दा यी नलीहरुमा पर्ने भारलाई रक्तचाप भनिन्छ । यो २ किसिमको हुन्छ – सिस्टोलिक  र   डाईस्टालिक  ।  मुटु खुम्चिएको  अवस्थामा   पर्ने  रक्तचापलार्इ  सिस्टोलिक र मुटु  फैलिएको  अवस्थामा  हुने  रक्तचापलाई  डाईस्टोलिक  रक्तचाप  भनिन्छ । साधारण अवस्थामा  सिस्टोलिक  रक्तचाप  १२०  र  डाईस्टोलिक  रक्तचाप  ८०  सम्म  हुन्छ ।  यो प्रत्येक मानिसको  उमेर , लि¨ , शारीरीक र मानसिक  काम अनुसार फरक फरक हुनेगर्छ । उत्तेजना र रिस उठेको बेलामा यो स्वभाविक नै केहि बढ्छ । सुतेको  अथवा  विश्राम गरेको  बेलामा केहि  कम हुन्छ । सिस्टोलिक रक्तचाप  १४० र डाईस्टोलिक रक्तचाप ९० भन्दा बढी भएमा त्यसलाई उच्च रक्तचाप भनिन्छ ।

कारण
आरमदायी जीवन, मोटोपन, बढी मानसिक तनाव, बढी मात्रामा नुन र कम मात्रामा पोटासियम, क्याल्सियम र म्याग्नेसियम भएका खाना खानु, राती धेरै बेर जागा बस्नु, बढी मधपान, बुढापा, आनुवंशिक कारण, विभिन्न औषधि सेवन, मधुमेह तथा मृगौला लगायतका रोगले गर्दा उच्च रक्तचाप हुन सक्छ ।

लक्षण
टाउको दुख्छ । मुटु बढी ढुकढुक गर्छ । कमजोरीको अनुभब हुन्छ । रिंगटा लाग्छ । बढेको रक्तचाप धेरै समयसम्म रहेमा घटेर नगएमा त्यसले दृष्टिलाई धमिलो पार्छ र मष्तिस्कमा  नराम्रो असर गराई पक्षघात गराउन सक्छ । निन्द्रा हराउछ ।

औषधि उपचार
    उच्च रक्तचाप को उपचार कारण अनुसार गर्नुपर्छ । कुनै रोगको परिणाम बाट उत्पन्न भएमा त्यस अबस्थामा उक्त रोगको राम्रो उपचार गर्नुपर्छ ।
    प्याजको रस १ चम्चामा मह मिसाई खादा राम्रो गर्छ ।
    लसुन १ग्रा. र दाख  १ग्रा.दुवै १ कप दुध र तिनकप पानी राखी उमाल्नु पर्छ । १ कप बाकी राख्नुपर्छ । त्यसको आधा विहान र आधा बेलुका १५ दिनदेखी १ महिना सम्म रक्तचाप कम नभए सम्म खानुपर्छ ।
    सर्पगन्धा घनवटी २ चक्की विहान बेलुका पानीसंग खान दिनुपर्छ ।समस्या पुरानो भएमा पञ्चकर्म गराउनु पर्छ ।

पथ्य
    रोगीलाई कम चिल्लो र नुन कम भएको खाना दिनु पर्छ ।
    करेलो , सजिउनको तरकारी , फलहरु र उसिनेको तरकारी दिन सकिन्छ ।
    बिहान अथवा सांझमा आधा घन्टा जति खुला चोैर भएको ठाउंमा टहल्ने गर्नुपर्छ।





Ask a Doctor Online Now»

Comments (0)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता