( कमलपित्त, पहेले )
रगतमा बिलुरुबिनको मात्रा बढन गई छाला र आखा पहेलो हुन जाने अवस्थालाई जण्डिस भनिन्छ । आयुर्वेदमा यस लक्षण सहित उत्पन्न हुने रोगलाई कामला भनिन्छ ।
कारण
आयुर्वेदमा पाण्डूरोगका कारणहरुनै यसका पनि कारण बन्छन् भनिएको छ । तर जण्डिस एक लक्षण हुनाले बिभिन्न रोगका अबस्थामा पनि देखिन्छ । तीनीहरु यस प्रकार छन् ।
कलेजोपूर्व हुने रोगहरु
यसमा रगत कलेजोमा आइपुग्नु अघि नै रक्तकोषिका नष्ट हुन गई रगतमा बिलुरुबिनको मात्रा बढछ । जस्तै मलेरिया आदि
कलेजोमा हुने रोगहरु
कलेजोको असक्षमताले गर्दा बिलुरुबिनको मात्रा बढछ । जस्तै हेपाटाइटिस ( संक्रमण तथा अन्य कारणले गर्दा कलेजो सुन्निने रोग ), सिरोसिस, अर्बुद आदि
कलेजो पश्चात हुने रोगहरु
कलेजोबाट पित्तलालाई लैजाने नली तथा थैलीमा हुने रोगहरु जस्तै पित्त थैली तथा नलीमा ढुंगा, पित्त थैलीको संक्रमण आदि
कमलपित्त वा हेपाटाइटिसको लक्षण
छाला पिसाव र आखाको रङ्ग बढी पहेलो हुन्छ ।
खान नरुच्ने, वाकवाकी लाग्ने हुन्छ ।
शरीरमा बढी कमजोरी हुन्छ ।
ज्वरो आउनु
चिल्लो कुरा खादा नपच्ने हुन्छ ।
सबै जिउ चिलाउने हुन्छ ।
कमलपित्त वा हेपाटाइटिसको औषधि उपचार
निशोथचुर्ण, कुटकीचुर्ण, त्रिफला, अथवा राजवृक्षको प्रयोग द्धारा विरेचन गराउनु पर्छ ।
अथवा त्रिफलाको काढा ३० मि.लि. को मात्रामा बिहान बेलुका खान दिनुपर्छ ।
नवायसलौह ३०० मि.लि. ग्रामको मात्रामा दिनको दुई पटक महसंग खान दिनुपर्छ ।
पथ्य
सुन्तलाको रस, उखुको रस, अंगुरको रस आदी गुलिया फलहरुको रस दिनुपर्छ । काक्रो , मेवा , मूला , गाजर , यी पथ्य हुन् ।
तितो करेला , पर्वर , घिरौलाको ताकारी र दूध भात खान दिनु पर्छ ।
रोगीलाई विश्राम गराउनु पर्छ ।
अपथ्य
अमिलो पिरो चर्को नुन र बढी मसला राखेको खानेकुरा खानु हुदैन ।
रक्सि कहिल्यै खानु हुदैन ।
सहवास , उत्तेजना , भावुकता बाट जोगीनुपर्छ ।
घाम र आगोको बढी सम्पर्कमा आउनु हुदैन ।
Ask a Doctor Online Now»






