Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

अर्श (पाइल्स)


गुदद्वारको मुखमा रक्तनली र मांशपेशी मिलेर बनेको गाठो जस्तो, सुन्निएको भाग लाई अर्श (अल्काई, हर्षा ) भनिन्छ । शुरुमा मलको कब्जियत, पखला वा गर्भवती हुदा गुदद्धारमा सुनिने, दुख्ने र मलत्याग पछि रगत जाने रोगलाई आयुर्वेदमा अर्श भनिन्छ ।

कारण
    मलको बेग रोक्नु । अमिलो , पिरो बढी खानु ।
    एकै ठाउमा बढी बस्नु र शारिरीक परिश्रम नगर्नु ।
    सन्तुलित आहार नहुनु । मध्यपान, असमय भोजन ।

लक्षण
    गुदद्वारमा शोथ हुन्छ, त्यहा मासुको अंकुरजस्तो निस्कन्छ ।
    दिसा कडा खालको हुन्छ ।
    दिसा गर्नु भन्दा पहिले अथवा पछि बढी रगत आउ‘छ ।
    दिसा बस्दा गुदद्धार तन्किई बढी दुख्ने हुन्छ ।
    साथमा खाएको नपच्ने, अरुचि हुने हुन्छ ।

अवस्थानुसारको लक्षण
प्रारम्भिक अवस्था
यस अवस्थामा दिशागर्दा रगत देखिन्छ ।

मध्यम अवस्था
यस अवस्थामा उक्त सुन्निएको मासुको डल्लो दिशा गर्दा गुदद्वार बाहिर निस्कन्छ र स्वत भित्र पस्छ । यस अवस्थामा रगत देखिन पनि सक्छ नदेखिन पनि सक्छ ।

उत्तरावस्था
मध्यम अवस्थामा जस्तै सुन्निएको मासुको डल्लो दिशा गर्दा गुदद्वार बाहिर निस्कन्छ तर स्वत भित्र पस्दैन, हातले ठेल्नु पर्छ ।

उत्तरोत्तरावस्था
यस अवस्थामा सुन्निएको भाग दिशा वा अन्य अवस्थामा पनि गुदद्वार बाहिर निस्कन्छ सक्छ र भित्र धकले पनि फेरी बाहिरै निस्कन्छ ।

औषधि उपचार

    अर्शाध्नीवटी २, २ गो. बिहान बेलुका तातोपानीसग खान दिनुपर्छ ।
    भोजनपछि अभयाष्टि ६ चम्चा ( ३० मि. लि.) बराबर पानी मिसाएर खान दिनुपर्छ ।
    त्यस्तै प्राणदा गुटिका , अर्शकुठार रस प्रयोग गर्न सकिन्छ ।
    बजारमा पाइने आयुर्वेदिय मलमको प्रयोग गर्न सकिन्छ ।
    जब रोग उत्तर वा उत्तरोउत्तर अवस्थामा पुग्छ औषधिले मात्र काम गर्दैन । त्यस अवस्था शल्य चिकित्सा वा क्षारसूत्रको सहयोग लिनु पर्छ ।

पथ्य
    रातो चामलको भात, गहुको रोटी, जौ, गहत, पुनर्नवाको साग, सुरण ( ओल) , मोही, अमला, बेथेको साग, पर्वर, भण्टा र बाख्राको दूध खान दिनुपर्छ ।
    विहान वेलुका वा दिशा गर्नु अघि र पछि बाटा वा अन्य भाडोमा ५ देखि १५ मिनेट गुदद्वार डुबाएर बस्नु पर्छ ।

अपथ्य
    नयॉ चामल , मासको दाल , बढी पिरो र अमिलो खाना खानु हुदैन ।
    मल र मूत्रको बेग रोक्नु हुदैन ।
    घोडा हाति आदीको सवारी र एकै ठाउ‘मा बसि राख्ने बानी गर्नु हुदैन ।





Ask a Doctor Online Now»

Comments (1)Add Comment

Write comment

busy
 

रोग र उपचार

सम्पूर्ण रोगहरुको जानकारी तथा उपचार प्रक्रिया

घरेलु उपचार 

विभिन्न रोगहरुको घरमा नै उपचार गर्ने तरिका

आयुर्वेदीय औषधि

Educating about herbs, herbal remedies and uses...

Ayurveda Medicine

Herbs are still the best as far as health is concerned.

आहार तथा पोषण

आयुर्वेद अनुसार खाना तथा पोषण को बर्गीकरण, प्रकृति अनुसार आहार, ऋतु अनुसार आहार, समय अनुसार आहार, आहार अनुसार पोषणत्व आदि बारे जानकारी

पथ्य-अपथ्य

रोगहरु अनुसार खान हुने नहुने, गर्न हुने नहुने आहार बिहार

Panchanidan

It is recommended to purchase the fresh herbs straight from gardens.

Prakriti (Constituent)

You can have Medicinal herbs directly from your garden...

Method of examination of patient

It is recommended to purchase the fresh herbs straight from gardens.

षड् क्रियाकाल

You can have Medicinal herbs directly from your garden...


Online Consultation


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता