गुदद्वारको मुखमा रक्तनली र मांशपेशी मिलेर बनेको गाठो जस्तो, सुन्निएको भाग लाई अर्श (अल्काई, हर्षा ) भनिन्छ । शुरुमा मलको कब्जियत, पखला वा गर्भवती हुदा गुदद्धारमा सुनिने, दुख्ने र मलत्याग पछि रगत जाने रोगलाई आयुर्वेदमा अर्श भनिन्छ ।
कारण
मलको बेग रोक्नु । अमिलो , पिरो बढी खानु ।
एकै ठाउमा बढी बस्नु र शारिरीक परिश्रम नगर्नु ।
सन्तुलित आहार नहुनु । मध्यपान, असमय भोजन ।
लक्षण
गुदद्वारमा शोथ हुन्छ, त्यहा मासुको अंकुरजस्तो निस्कन्छ ।
दिसा कडा खालको हुन्छ ।
दिसा गर्नु भन्दा पहिले अथवा पछि बढी रगत आउ‘छ ।
दिसा बस्दा गुदद्धार तन्किई बढी दुख्ने हुन्छ ।
साथमा खाएको नपच्ने, अरुचि हुने हुन्छ ।
अवस्थानुसारको लक्षण
प्रारम्भिक अवस्था
यस अवस्थामा दिशागर्दा रगत देखिन्छ ।
मध्यम अवस्था
यस अवस्थामा उक्त सुन्निएको मासुको डल्लो दिशा गर्दा गुदद्वार बाहिर निस्कन्छ र स्वत भित्र पस्छ । यस अवस्थामा रगत देखिन पनि सक्छ नदेखिन पनि सक्छ ।
उत्तरावस्था
मध्यम अवस्थामा जस्तै सुन्निएको मासुको डल्लो दिशा गर्दा गुदद्वार बाहिर निस्कन्छ तर स्वत भित्र पस्दैन, हातले ठेल्नु पर्छ ।
उत्तरोत्तरावस्था
यस अवस्थामा सुन्निएको भाग दिशा वा अन्य अवस्थामा पनि गुदद्वार बाहिर निस्कन्छ सक्छ र भित्र धकले पनि फेरी बाहिरै निस्कन्छ ।
औषधि उपचार
अर्शाध्नीवटी २, २ गो. बिहान बेलुका तातोपानीसग खान दिनुपर्छ ।
भोजनपछि अभयाष्टि ६ चम्चा ( ३० मि. लि.) बराबर पानी मिसाएर खान दिनुपर्छ ।
त्यस्तै प्राणदा गुटिका , अर्शकुठार रस प्रयोग गर्न सकिन्छ ।
बजारमा पाइने आयुर्वेदिय मलमको प्रयोग गर्न सकिन्छ ।
जब रोग उत्तर वा उत्तरोउत्तर अवस्थामा पुग्छ औषधिले मात्र काम गर्दैन । त्यस अवस्था शल्य चिकित्सा वा क्षारसूत्रको सहयोग लिनु पर्छ ।
पथ्य
रातो चामलको भात, गहुको रोटी, जौ, गहत, पुनर्नवाको साग, सुरण ( ओल) , मोही, अमला, बेथेको साग, पर्वर, भण्टा र बाख्राको दूध खान दिनुपर्छ ।
विहान वेलुका वा दिशा गर्नु अघि र पछि बाटा वा अन्य भाडोमा ५ देखि १५ मिनेट गुदद्वार डुबाएर बस्नु पर्छ ।
अपथ्य
नयॉ चामल , मासको दाल , बढी पिरो र अमिलो खाना खानु हुदैन ।
मल र मूत्रको बेग रोक्नु हुदैन ।
घोडा हाति आदीको सवारी र एकै ठाउ‘मा बसि राख्ने बानी गर्नु हुदैन ।
Ask a Doctor Online Now»







KDN got success in developing a 100% natural & herbal injection for piles problems. It will be taken through rectum hole with the help of a special kind needle which is made by KDN from a food grade plastic.
If any one needs its sample may contact us. You just need to bear courier charges only.