Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

शीघ्रपतन

सहवास गर्ने बेलामा सहवास हुनुभन्दा पहिले नै उत्तेजनाद्दारा वीर्य निस्की लि¨ शिथिल हुने समस्यालाई शीघ्रपतन भनिन्छ । पुरुष तथा स्त्री दुबैलाई कष्ट दिने गम्भीर खालको रोग हो । यसले पुरुषमा हीनताबोध बढाउंछ र महिलामा असन्तोष । यसले गर्दा स्त्री पुरुष दुबै सहवासको आनन्दबाट बन्चित हुन्छन् । त्यसको परिणाम परिबारमा अशान्ति गराउने हुन्छ ।

कारण

    बढि मात्रामा हस्तमैथुन गर्नु । रक्सी, लागुपदार्थको सेवन । बढि चिन्ता गर्नु । हिन भावना हुनु ।
    स्वप्नदोष भईराख्नु ।
    जीर्णरोगहरु – क्षयरोग , रक्ताल्पता , कामला आदि ।
    पौष्टिक खाना नपाउनु ।
    जननेन्द्रिय समन्धि रोग – भिरंगी , सिफलिस आदि ।

लक्षण
    स्त्रीको सम्पर्क हुनसाथ उत्तेजना हुन्छ ।
    उत्तेजना हुने बितिक्कै वीर्य लिङ्गबाट बाहिर निस्किन्छ । अनि लि¨ शिथिल हुन्छ ।
    मैथुन गर्न असम्भव हुन्छ । मैथुन भएपनि त्यसको समय निकै कम हुन्छ ।
रोग बढेपछि स्त्रीको आलि¨न गर्नासाथ वीर्यस्राव हुन्छ । पछि सहवासको कुरा मनमा उठ्दा पनि वीर्यको स्राव हुन थाल्छ ।

औषधि उपचार
    सबभन्दा पहिले सहवास समबन्धि भयलाई हटाउनु पर्छ । धेरै समयपछि सहवास गर्दा यस्तो सिघ्रपतन कहिलेकाहि हुनु स्वभाविक कुरा हो । त्यसको चिन्ता गर्नु पदैन । शीघ्रपतन स्थायीरुपमा भएमा त्यसको चा“डैनै उपचार गर्नुपर्छ । उपचार समयमानै गर्दा यो रोग निको हुन्छ । पत्नी समझदार र पतिलाई माया गर्ने भएमा यो समस्या चांडैनै हराउन सक्छ ।

    रोगीको शारिरीक दुर्वलता जीर्ण  रोगहरु धेरै समय भईरहदा उत्पन्न हुन्छ । त्यसले रागी बढी चिन्ताग्रस्त हुन्छ र चिन्तानै शीघ्रपतनको कारण बुझी त्यसको उपचार गर्नुपर्छ ।

    यसको उपचारको लागी शरीरलाई बलियो पार्ने , मनलाई निचिन्त र प्रसन्न पार्ने उपाय गर्नु पर्छ । उचित खानपान , औषधि र वातावरणको व्यवस्था मिलाउनु पर्छ । औषधिको रुपमा प्रयोग गर्ने योग्य योगहरु यस प्रकारका छन् ।

    ( क ) शिलाजत्वादि वटी १,१ गो. बिहान बेलुका महसंग खाई दुध पिउनु पर्छ । अथवा

    ( ख ) मकरध्वज वटी १,१ गो. महसंग बिहान बेलुका खान दिनुपर्छ ।

    अथवा

    ( ग ) त्रिवंगभस्म १० ग्रा. स्वर्ण भस्म १ ग्रा दुबै मिसाई ८० मात्रा बनायपछि १,१ मात्र बिहान बेलुका दुधको तरसंग खान दिनुपर्छ ।

    ( ङ ) मकरध्वज १२५ मी.ग्रा. मा अश्वगन्धा चुर्ण १ ग्रा. र मह मिसाई दिनको दुई पटक प्रयोग गर्नुपर्छ ।

पथ्य

    जौ, गहु, मासको दाल , बासमती चामल , रहरको दाल, आलु सकरखन्ड, ओल, काउली, भिन्डी, लौका, लुडेको साग, दुध, घिउ, नौनी, मिश्री, केरा, लीची, स्याउ , अनार, अंगुर, र मिठाईहरु खानुपर्छ ।
    लुगा सफा र राम्रो डिजाईनको लगाउनु पर्छ ।
    प्रतिदिन बगैचा, नदिको किनार आदि रमणीय ठाउमा घुम्ने र मनोरन्जन हुने काम केहि समय गर्नुपर्छ ।
    समय समयमा शरीरको मालिस गर्नुपर्छ ।





Ask a Doctor Online Now»

Comments (0)Add Comment

Write comment

busy
 

रोग र उपचार

सम्पूर्ण रोगहरुको जानकारी तथा उपचार प्रक्रिया

घरेलु उपचार 

विभिन्न रोगहरुको घरमा नै उपचार गर्ने तरिका

आयुर्वेदीय औषधि

Educating about herbs, herbal remedies and uses...

Ayurveda Medicine

Herbs are still the best as far as health is concerned.

आहार तथा पोषण

आयुर्वेद अनुसार खाना तथा पोषण को बर्गीकरण, प्रकृति अनुसार आहार, ऋतु अनुसार आहार, समय अनुसार आहार, आहार अनुसार पोषणत्व आदि बारे जानकारी

पथ्य-अपथ्य

रोगहरु अनुसार खान हुने नहुने, गर्न हुने नहुने आहार बिहार

Panchanidan

It is recommended to purchase the fresh herbs straight from gardens.

Prakriti (Constituent)

You can have Medicinal herbs directly from your garden...

Method of examination of patient

It is recommended to purchase the fresh herbs straight from gardens.

षड् क्रियाकाल

You can have Medicinal herbs directly from your garden...


Online Consultation


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता