औषघि उपचार
करेलोको रस २ चम्चा बिहान बेलुका १५ दिनदेखि १ महिनासम्म दिनुपर्छ । यसले रगतको चिनी कम गर्छ । त्यस्तेै बेलपत्र अथवा नीमको पातको रसले पनि काम गर्छ ।
बसन्त कुसुमाकर रस २०० मि.ली. को मात्रामा दिनको दुई पटक महस‘ग प्रयोग गर्नुृपर्छ ।
चन्द्रप्रभावटी ५०० मि. ग्रा. हरीद्राचुर्ण ५०० मि. ग्रा., आमलकी चूर्ण ५०० मि.ग्रा. यी सबैको मिश्रण बसन्त कुसुमाकर रस १ गो ( २०० मि.ग्रा. ) र करेलाको रसस‘ग प्रयोग गर्न सकिन्छ ।
मधुमेहारि, त्रिवंगशिला आदि योगहबरु प्नि प्रयोग गर्न सकिन्छ ।
पथ्य
गहुको रोटी, तिते करेलो, मेथीको साग, सजिउन, गाईको दूध ।
शक्ती अनुसार व्यायाम गर्नुपर्छ । पश्चिमोत्तानासन, मत्स्येन्द्रासनको अभ्यास राम्रो हुन्छ ।
अपथ्य
गुलियो र चिल्लो पदार्थ खानु हुदैन । आलु, सखरखण्ड, भात, गसलीयो फलहरु खानामा नियन्त्रण गर्नुपर्छ ।
चोटपटक हरुबाट बच्नुपर्छ ।
Ask a Doctor Online Now»







We shall follow these tips and we hope diabetes will be controlled.
thanks