मुटु शरीरको अभिन्न अंग हो । यसले धमनीहरु द्धारा सारा शरीरमा रगत पठाउने काम गर्छ । रगत बग्ने नलीहरु स्वाभाबिक अवस्थामा कोमल हुन्छन् । रगत बग्दा यी नलीहरुमा पर्ने भारलाई रक्तचाप भनिन्छ । यो २ किसिमको हुन्छ – सिस्टोलिक र डाईस्टालिक । मुटु खुम्चिएको अवस्थामा पर्ने रक्तचापलार्इ सिस्टोलिक र मुटु फैलिएको अवस्थामा हुने रक्तचापलाई डाईस्टोलिक रक्तचाप भनिन्छ । साधारण अवस्थामा सिस्टोलिक रक्तचाप १२० र डाईस्टोलिक रक्तचाप ८० सम्म हुन्छ । सिस्टोलिक रक्तचाप ९० र डाईस्टोलिक रक्तचाप ६० भन्दा बढी भएमा त्यसलाई न्यून रक्तचाप भनिन्छ ।
कारण
भित्रि अथवा बाहिरी आघातद्धारा शरीरमा रगतको कमि हुनु ।
रक्ताल्पता हुनु ।
नविन अथवा जीर्ण रोग ।
अन्नमा विषको प्रयोग ।
जीवनीय तथा पोषण तत्वको कमि हुनु
पाण्डुरोग अथवा अरु रगतसमन्धी रोगहरु
औषधि सेवनबाट हुने
तीब्र संक्रमण तथा एलर्जीले गर्दा
लक्षण
कमजोर हुनु ।
चिसो पसिना आउनु ।
नाडीको र मुटुको चाल बढ्नु ।
रिंगटा लाग्नु ।
मूर्छा पर्न लाग्नु ।
टाउको दुख्नु ।
छातीमा दुख्नु ।
औषधि उपचार
कारण अनुसार ओैषधि, उपचार दिनुपर्छ ।
दशमूलारिष्ट १ चम्चा (५मि.लि.) र अश्वगन्धारिष्ट ५मि.लि. दिनको ३ पटक बराबर पानी मिसाएर प्रयोग गर्नु पर्छ ।
च्यवनप्राश अवलेहको प्रयोग
मकरध्वजको प्रयोग गर्दा राम्रो हुन्छ ।
पथ्य
खसी, खरायो , कुखुरा आदिको मांसरस खान दिनु पर्छ ।
कालो मासको दाल, स्याउ, अंगुर र बोडी आदि सिमिहरुको परिकार खानदिनु पर्छ ।
हल्का व्यायाम गर्न लगाउनु पर्छ ।
Ask a Doctor Online Now»






