Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

कास ( खोकी )


यो रोग श्वास प्रणाली सुन्निदा उत्पन्न हुन्छ । यो नया र पुरानो दुई किसिमको हुन्छ। यो कुनै प्रारम्भिक कारण बाट र अरु कुनै रोग पछि पनि हुन सक्छ ।                            

कारण
    धेरै बेर सम्म धुलो र धुवाको सम्पर्क हुनु ।
    बढी परीश्रम गर्नु ।
    सुख्खा खाना खानु ।
    भाइरस तथा ब्याक्टेरिया लगायतका सूक्ष्म जीवाणु संक्रमण

लक्षण
    खोकी लाग्छ । नयामा रुघा तथा ज्वरोपनि देखिन सक्छ ।
    खोकी लगातार हुन्छ अथवा पटक पटक केही समय सम्म हुन्छ ।
    केहि समय पछि कफ निस्कन्छ र खोकी कम हुन्छ ।

औषधि उपचार
    खोकीमा कफ आउने गरेको अवस्थामा सुठो, मरिच, पिप्ला र जेठीमधुको धुलो वरावर मात्रामा ( प्रत्येक ५ ग्राम ) मिसाएर खानुपर्छ । यो औषधि रागी लाई दिनको दुइ पटक ४ ग्रामको मात्रामा महसंग खान दिनुपर्छ ।
    गुर्जोको रस ५–१० मि.लि.मा वरावर मह मिसाई दिनको २ पटक दिनु पर्छ ।
    ज्येष्ठवासादि चुर्ण,ज्येष्ठलवंगादि चुर्ण र रत्तलवंगादि चुर्ण  मध्ये कुनै औषधि मह मिसाई दिनको २ पटक खान दिनुपर्छ । खोकीको साथ बढी कफ जाने भएमा असुराको पातको रसमा ( २ चम्चा ) मह, सिधे नुन र जेठी मधुको धुलो मिसाई खान दिनुपर्छ ।
    खोकी सुख्खा हुने र जीउ तात्ने भएको खण्डमा यष्टीमधु चुर्ण २५ ग्राम दिनको २ पटक गाईको दुध संग खान दिनुपर्छ ।
    तालीसादि  वटी, लवंगादि वटी र एलादिवटी प्रत्य्ेक औषधि १–१ ग्रा. दिनको २ पटक मुखमा राखी चुस्नुपर्छ ।
    द्राक्षारिष्ट ३० मि.लि. मा वरावर पानी मिसाएर दिनको २ पटक दिनुपर्छ ।
    अमृतप्रास घृत १ चम्चा दुधमा मिसाई दिनको २ पटक दिनुपर्छ । यो क्षयरोगीको खोकीमा उत्तम औषधि हो ।

पथ्य
राम्रो धानको चामल, गहु, मास, मुङ र मासको दाल, बाख्राको दुध, घ्यु, भन्टा, काचो सानो  मुला, जीवन्ती,  वेथुको साग , बिमिरो, दाख , लसुन, धानको  लावा, तातो पानी र  मह यी पथ्य हुन ।

अपथ्य
बढी चिल्लो र गुलियो खाना – मिठाई, खीर आदी दुध दही खानु हुदैन । दिउसो सुत्नु हुदैन । धुवा र धुलो बाट बच्नुपर्छ ।





Ask a Doctor Online Now»

Comments (0)Add Comment

Write comment

busy
 

रोग र उपचार

सम्पूर्ण रोगहरुको जानकारी तथा उपचार प्रक्रिया

घरेलु उपचार 

विभिन्न रोगहरुको घरमा नै उपचार गर्ने तरिका

आयुर्वेदीय औषधि

Educating about herbs, herbal remedies and uses...

Ayurveda Medicine

Herbs are still the best as far as health is concerned.

आहार तथा पोषण

आयुर्वेद अनुसार खाना तथा पोषण को बर्गीकरण, प्रकृति अनुसार आहार, ऋतु अनुसार आहार, समय अनुसार आहार, आहार अनुसार पोषणत्व आदि बारे जानकारी

पथ्य-अपथ्य

रोगहरु अनुसार खान हुने नहुने, गर्न हुने नहुने आहार बिहार

Panchanidan

It is recommended to purchase the fresh herbs straight from gardens.

Prakriti (Constituent)

You can have Medicinal herbs directly from your garden...

Method of examination of patient

It is recommended to purchase the fresh herbs straight from gardens.

षड् क्रियाकाल

You can have Medicinal herbs directly from your garden...


Online Consultation


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता