Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

दम

ब्रोन्कियल आज्मा

दम एक श्वासप्रश्वास प्रणालीमा लाग्ने दीर्घ रोग हो । यो रोग लागेमा श्वास भित्र बाहिर गर्ने नलीमा असर पर्दछ र सुन्निन जान्छ । जसले गर्दा धुवा, धुलो पर्दा उक्त नलीलाई अझ धेरै असर पर्दछ र खुम्चन पुग्छ । जति बढि नली खुम्चियो त्यतिनै  कम मात्रामा हावा फोक्सोमा जान्छ र बिरामीलाई श्वास फेर्न असजिलो हुने, खोकी लाग्ने र खोग्दा छातिबाट आवाज आउने हुन्छ ।
आयुर्वेदमा यसलाई श्वास रोग भनिन्छ । श्वास रोग ५ किसिमको हुन्छ महाश्वास , उध्र्वश्वास , छित्र श्वास , तमक  श्वास र क्षुद्र श्वास । ती मध्ये बढी पाईने तमक  श्वास नै हो । यसलाई अंगे्रजीमा ब्रान्कियल आज्मा  भनिन्छ ।


कारणहरु –
    छिटो नपच्ने र सुख्खा किसिमको खाना र खानालाई स्वादिलो बनाउनकालागि थपिने पदार्थ जस्तै एम.यस.जी हालेका खाना बढी खानु ।
    चिसो पानी र बासी खाना खानु ।
    चिसो हावाको निरन्तर सम्पर्क हुनु ।
    धुवा, घामको बढी सम्पर्क ।
    बढी मानसिक तथा शारीरिक परिश्रम गर्नु
    दिसा पिसावको वेग रोक्नु ।

लक्षणहरु –
    बढी स्या स्या हुन्छ ।
    आखा अगाडि अध्यारो देखिन्छ ।
    सास फेर्न गाह्रो हुन्छ ।
    सुत्न अप्ठेरो भएर बसिराख्नु पर्छ ।
    छातीमा दुख्छ ।
    खोकी लाग्छ ।
    आखा तन्किन्छ ।
    निधारमा पसिना आउछ ।
    झरी परेको बेलामा, हिउदमा, पूर्वको हावा आउदा र चिल्लो, गुलियो खाएको बेला  रोग ले बढी चाप्छ ।

औषधी उपचार

    च्यवनप्रास अवलेह खान दिनुपर्छ । यो लगातार सेवन गर्दा रोग निको पार्ने र फेरी अर्को पटक नहुने गराउछ ।
    सितोपलादि चुर्ण ३ –३ ग्राम, वासावलेह अथवा अगस्त्य हरीतकी ३ ग्राम दिनको २ पटक महसंग खान दिनुपर्छ ।
    श्वासकुठार रस २०० मिलिग्रामको मात्रा दिनको २ पटक महसंग खान दिनुपर्छ । मुटु कमजोर हुने बिरामीहरुलाई यो औषधि दिनु हुदैन । त्यस्तो रोगीहरुलाईवास चिन्तामणिरस २०० मिलिग्रामको मात्रा दिनुपर्छ ।
    दमको रोगीलाई उपयोगी अर्को पनी योग छ –श्रृंग्यादि चुर्ण १.५ ग्राम रससिन्दुर २००मि.ग्रा मिसाई अपामार्ग र असुरोको रससंग दिनको दुई पटक खान दिनुपर्छ ।
    अथवा पिप्पली चुर्ण१.५ ग्राम कनकासव १५–३० मि.लि. का साथमा दिन सकिन्छ । यो औषधि वैधको सल्लाह लिएर मात्र खानुपर्छ ।
सेक
कपुरादि तेल अथवा तिलको तेलमा सिधे नुन अलिकति मिसाई त्यसले छाती र पिठ्युमा मालिस गरेपछी सेक्नुपर्छ ।

पथ्य
गहत अथवा दाल राखी पकाएको पानीले राम्रो काम गर्छ । त्रिकुट (सुठो, मरीच, पिप्ला ) राखी पकाएको हल्का खााना खानुपर्छ ।

अपथ्य
    दही, भैंसीको बाक्लो दुध, केरा र चिल्लोमा तारेको कुरा खानु हुदैन ।
    मधपान, धुम्रपान गर्नु हुदैन ।
    चिसो हावा र वर्षाको पानी बाट जोगीनु पर्छ ।





Ask a Doctor Online Now»

Comments (0)Add Comment

Write comment

busy
 

रोग र उपचार

सम्पूर्ण रोगहरुको जानकारी तथा उपचार प्रक्रिया

घरेलु उपचार 

विभिन्न रोगहरुको घरमा नै उपचार गर्ने तरिका

आयुर्वेदीय औषधि

Educating about herbs, herbal remedies and uses...

Ayurveda Medicine

Herbs are still the best as far as health is concerned.

आहार तथा पोषण

आयुर्वेद अनुसार खाना तथा पोषण को बर्गीकरण, प्रकृति अनुसार आहार, ऋतु अनुसार आहार, समय अनुसार आहार, आहार अनुसार पोषणत्व आदि बारे जानकारी

पथ्य-अपथ्य

रोगहरु अनुसार खान हुने नहुने, गर्न हुने नहुने आहार बिहार

Panchanidan

It is recommended to purchase the fresh herbs straight from gardens.

Prakriti (Constituent)

You can have Medicinal herbs directly from your garden...

Method of examination of patient

It is recommended to purchase the fresh herbs straight from gardens.

षड् क्रियाकाल

You can have Medicinal herbs directly from your garden...


Online Consultation


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता