महिलाहरुमा योनीमार्गबाट सेतोपानी जानेरोगलाई श्वेत प्रदर भनिन्छ ।
कारण
परिश्रमको कमी, बढी सहवास, मादक पदार्थ सेवन ।
जननेन्द्रिीयको सफाई नहुनु ।
बढी पिरो, अमिलो, तेल, मसला भएको खाना ।
महिनावरीको गडबढी, पाठेघर सुन्निनु ।
गर्भपात भई राख्नु ।
लक्षण
योनीमार्गबाट सेतो र दुर्गन्धी पानी बग्छ । त्यो कपडामा भिज्छ ।
शरीर जताततै दुख्छ, कम्मर बढी दुख्छ ।
योनीमार्गमा बढी चिलाउने हुन्छ ।
खाना मन नलाग्ने , वाकवाकी हुने, छाती दुख्ने हुनसक्छ ।
औषधि उपचार
चन्द्रप्रभावटी २ गो. दिनको २ पटक दिनुपर्छ । साथमा चन्दनासव ५ मि.लि. र सारिवाद्यरिष्ट ५ मि.लि. मिसाएर दिनुपर्छ ।
घ्युकुमारी को रस , असोकको बोक्राको काढा बराबर पानी मिसाई दिनको २ पटक दिन सकिन्छ ।
पञ्चवल्कल (बर, पिपल, आदी रुखको बोक्रा) अथवा त्रिफला , फिटकिरी , ऑपको बियॉ को गुदी , जामुनको बियॉ , धाईरोको फुल राखी पकाएको काढाले दिनको २ पटक योनी धुने गर्नुपर्छ ।
अरु उपयोगी औषधिहरु
वसन्त कुसुमाकर रस, पुष्यानुगचुर्ण, सुपारीपाक, पत्रांगासव, र अशोकारीष्ट ।
पथ्य
गहू‘ , जौको रोटी , हरियो तरकारी ।
सॉझ विहान टहल्नु र शारीरीक परिश्रमकको काम केही गर्नु ।
अपथ्य
अमिलो अचार , खुर्सानी , गरम मसलाहरु राखेको खाना , बढी तातो पेय पदार्थ (चिया, कफि) , मादक पदार्थ, आलु , भण्टा , बासी खाना ।
Ask a Doctor Online Now»






