Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

अल्सर


चिकित्सकको भाषामा यसलाई पेप्टिक अल्सर भनिन्छ भने आयुर्वेदमा परिणामशुल तथा अन्नद्रवशुल भनिन्छ । यस रोगमा आमाशय (ग्यास्ट्रिक अल्सर) तथा यससङ्गै जोडिएको नलीमा घाउ (ड्युओडिनल अल्सर)  हुन गई साधरणतया खाली पेटमा वा अमिलो, चिल्लो, पिरो खादा पेटको माथिको भागमा दुख्ने हुन्छ ।

कारण
    सममा भोजन नगर्नु ।
    अमिलो , पिरो , नुनीलो र बासी खाना सधै खानु ।
    लामो समयसम्म नदुख्ने औषधिको सेवन गरेमा
    अत्यधिक तथा मसालादार खाना खानु
    रक्सी, कफी तथा चुरोटको अत्याधिक सेवन गरेमा
    मानसिक तनाव, अनिद्रा
    आमाशयमा संक्रमण तथा अन्य रोग लागेमा

लक्षण
अन्नद्रवशुल (ग्यास्ट्रिक अल्सर)
    पेट लगातार दुखिराख्छ ।
    खाना खाएपछि, भोकेै बस्दा , कुनै बेलापनी दुख्न कम हुदैन ।
    अमिलो पित्त बान्ता भएपछि दुख्न कम हुदै जान्छ ।

परिणामशुल (ड्युओडिनल अल्सर)
    खाना खाएको २–घ घण्टापछि पेट दुख्छ ।
    दुख्ने ठाउ आमाशयको माथिल्लो भाग दुख्छ ।
    केहि खानेकुरा खाएपछि दुखाई कम हुन्छ ।


उपचार
    प्रवाल भस्म २५० मि. ग्रा. अथवा मुक्ता पिष्टी १२५ मि.ग्रा. मा अविपत्तिकर चूर्ण मिसाएर बिहान बेलुका दिनुपर्छ ।
    शंखभष्म २५० मि.ग्रा. विहान बेलुका महसंग खान दिनुपर्छ ।
    शतावरी घृत र आमलकी घृत आधा चम्चाको मात्रामा दिनको २ पटक सेवन गर्नुपर्छ । आमलकी चुर्ण १ चम्चा दिनको दुईपटक दिन सकिन्छ
    यसबाहेक निम्नलिखित औषधिहरुको प्रयोग आवश्यकता अनुसार गर्नुपर्छ  सूतशेखर रस, अम्लपित्तान्तक  लौह, त्रिफला मण्डुर , कामदुघा रस, लीला विलास रस, धात्रीलौह, शतावरी घूत, प्रवालपम्चामृत आदि ।

पथ्य
    जौ , गहु , धानको लावाको सातु ,पर्वर, करेलो , घिरौलाको ताकारी, अमला ,अनार , नरीवल , दूध यी कुरा खान सकिन्छ ।

अपथ्य
    नया“ चामल , दालहरु, अमिलो , पिरो, तेल, दहि, तिल, नुनिलो कुरा मह ।





Ask a Doctor Online Now»

Comments (0)Add Comment

Write comment

busy
 

रोग र उपचार

सम्पूर्ण रोगहरुको जानकारी तथा उपचार प्रक्रिया

घरेलु उपचार 

विभिन्न रोगहरुको घरमा नै उपचार गर्ने तरिका

आयुर्वेदीय औषधि

Educating about herbs, herbal remedies and uses...

Ayurveda Medicine

Herbs are still the best as far as health is concerned.

आहार तथा पोषण

आयुर्वेद अनुसार खाना तथा पोषण को बर्गीकरण, प्रकृति अनुसार आहार, ऋतु अनुसार आहार, समय अनुसार आहार, आहार अनुसार पोषणत्व आदि बारे जानकारी

पथ्य-अपथ्य

रोगहरु अनुसार खान हुने नहुने, गर्न हुने नहुने आहार बिहार

Panchanidan

It is recommended to purchase the fresh herbs straight from gardens.

Prakriti (Constituent)

You can have Medicinal herbs directly from your garden...

Method of examination of patient

It is recommended to purchase the fresh herbs straight from gardens.

षड् क्रियाकाल

You can have Medicinal herbs directly from your garden...


Online Consultation


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता