Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

अम्लपित्त (ग्यास्ट्रिक )


अम्लपित्तलाई आजकल ग्याष्ट्रिकको रुपमा जानिन्छ । विभिन्न कारणबाट आमशय तथा आमाशयबाट निस्कने रसमा विकृति भएमा यो रोग लाग्दछ ।

कारण
    सममा भोजन नगर्नु ।
    अमिलो , पिरो , नुनीलो र बासी खाना सधै खानु ।
    लामो समयसम्म नदुख्ने औषधिको सेवन गरेमा
    अत्यधिक तथा मसालादार खाना खानु
    रक्सी, कफी तथा चुरोटको अत्याधिक सेवन गरेमा
    मानसिक तनाव, अनिद्रा
    आमाशयमा संक्रमण तथा अन्य रोग लागेमा
   

लक्षण
    खाएको कुरा नपच्नु
    जिउ गल्नु ।
    वाकवाकी हुनु ।
    मुखबाट तितो र अमिलो पानी आउनु ।
    डकार आउनु ।
    छाति घॉटी पोल्नु ।
    खाने मन नगर्नु ।



ओषधि उपचार
    अम्लपित्त रोगमा पहिले वमन र विरेचन गराउनुपर्छ । वमनका लागि तातोपानीमा नुन मिसाई खान दिनुपर्छ । विरेचनाका लागि त्रिफला चुर्ण ६ ग्राम राति सुत्ने बेलामा पानीस“ग खान दिनुपर्छ । अविपतिकर चुर्ण पनि दिन सकिन्छ ।
    प्रवाल भस्म २५० मि. ग्रा. अथवा मुक्ता पिष्टी १२५ मि.ग्रा. बिहान बेलुका महस‘ग दिनुपर्छ ।
    यसबाहेक अम्लपित रोगमा निम्नलिखित ओषधिहरुको प्रयोग आवश्यकता अनुसार गर्नुपर्छ  सूतशेखर रस, अम्लपित्तान्तक लौह, त्रिफला मण्डुर , कामदुघा रस, लीला विलास रस, धात्री लौह, शतावरी घूत, प्रवालपम्चामृत आदि ।

पथ्य
    जौ , गहु , धानको लावाको सातु ,पर्वर, करेलो , घिरौलाको तरकारी, अमला ,अनार, नरीवल, दूध यी कुरा खान सकिन्छ ।

अपथ्य
    नया चामल, दालहरु, अमिलो, पिरो, तेल, दहि, तिल, नुनिलो कुरा मह ।





Ask a Doctor Online Now»

Comments (0)Add Comment

Write comment

busy