Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

आँउ/रगतमासी


दिसामा आँउ र रगत मिसिएर आउने रोगलाई प्रवाहिका वा आँउ भनिन्छ ।

कारण
    बढी मात्रामा चिल्लो, तातो, पिरो र गुलियो खानु ।
    अपच हुनु  ।
    सुक्ष्म जीवाणुहरु जस्तै अमिवा दूषित पानी र खानाबाट पेटमा पुग्नु ।

लक्षण
    दिसा पटक पटक हुन्छ ।
    दिसाका साथ आउ‘ मासी सेतो आउछ ।
    दिसा लाग्नु भन्दा पहिले पेट काट्छ , दिसा बस्दा बल लगाउनु पर्छ ।
    दिसा प्रत्येक पटक थारै मात्र हुन्छ ।
    दिसामा रगत मिसिएको आउ‘ हुनसकछ । यस्तो आउ‘ सामान्य आउ‘ भन्दा धेरै पटक जान्छ ।

औषधि उपचार
    बिल्वादि चूर्ण ३ ग्राम मोहीमा मिसायर दिनको ३ पटक खान दिनुपर्छ ।
    आमातिसारध्न वटी २ ,२ चक्की दिनको तीन पटक तातोपानीसँग खान दिनुपर्छ ।
    अरु उपयोगी अ‍ौषधिहरु, शतपुष्पादि चूर्ण, लवणभास्कर चूर्ण ।

पथ्य
    मुंगको झोल मोहीमा मिसाई त्यसमा धनिया,जिरा िसंघे नून राखी खान दिनुपर्छ ।
    पुरानो चामलको जाउलो, धानको लावाको मॉड, मसुरोको झोल, गाईको दूधको मोही, केराको बु‘गो, जामुनो खान दिनुपर्छ ।

अपथ्य
    गहु‘, मासको दाल, जौ, राजमाष, केराउ, कुभिण्डो, र्फी र बेथेको साग खान दिनुह‘दैन ।





Ask a Doctor Online Now»

Comments (0)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता