Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

धनुरासन

धनुरासन
यो आसन गर्दा धनुषको आकार आउने भएकोले यसलाई धनुरासन भनिन्छ ।

Dhanurasan


विधिः
१. घोप्टो परेर सुत्ने ।
२. घु“डासम्म खुट्टालाई मोडेर कुर्कुचा नितम्बको माथि राख्ने र घु“डा र पञ्जा आपसमा मिलाउने
३. दुवै हातले खुट्टाको कुर्कुचा नजिक समात्ने ।
४. श्वास भित्र तानेर घु“डा एवं छाती वा ढाडलाई क्रमशः उठाएर माथितिर तान्ने । तान्दा हात सीधा हुनुपर्छ ।
५. पछाडिको भाग उठेपश्चात पेटको माथिको भाग छाती, घा“टी एवं टाउकोलाई पनि माथि उठाउने । नाभि र पेटको नजिकको भाग भु“इमै हुनुपर्छ र अन्य भाग माथि उठेको हुनुपर्छ ।
६. शरीरको आकृति डोरी तानेको धनुषझैं हुन्छ । यो स्थितिमा करिब आधा मिनेटसम्म रहने ।
७. अब क्रमशः श्वास छोड्दै पूर्ववत् स्थितिमा आउने ।

लाभः
१. मेरुदण्डलाई लचिलो एवं स्वस्थ बनाउ“छ । हात, का“ध र खुट्टाका हाड दुख्ने, ढाड दुख्ने र पेटको समस्त रोगमा लाभदायक छ ।
२. गानो जाने समस्या समाप्त हुन्छ ।
३. स्त्रीहरुको मासिक धर्मसम्बन्धि विकृतिहरुमा लाभदायक छ ।
४. मृगौलालाई बल प्रदान गरी मूत्र विकारलाई समाप्त गर्दछ । डर वा बेचैनीको कारण हुने बारम्बार पिशाब आउने समस्यामा लाभकारी छ ।

Comments (0)Add Comment

Write comment

busy

Related news items:

 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता