रक्ताल्पता
विभिन्न कारण हरुबाट शरीरमा रगतको कमी भएर शरीरको रङ फुस्रो, सेतो देखीने रोगलाई आयुर्वेदमा पाण्डुरोग भनिएको छ ।
कारण
साधारण
अमिलो पिरो, तेल बढी खानु ।
बढी घामको सम्पर्क, बढी परीश्रम ।
दुषित पानीको सेवन ।
पोषणमा कमी ।
विशिष्ट
हड्डीमा हुने मासीबाट रक्तकोषिकाको उत्पादनमा कमि आउनु
रक्तकोषिका अत्यधिक मात्रामा नष्ट हुनु
अत्यधिक मात्रामा रगत शरीरबाट बगेर जानु
लक्षण
रोगीको अनुहार उदास र रङ फुस्रो देखीन्छ ।
नङ, छालाको रङ सेतो हुन्छ ।
रोगी कमजोरीको अनुभव गर्छ ।
मुटु र नाडीको गति छिटो हुन्छ ।
रक्तचाप कमि हुनु
औषधि उपचार
३ दिन सम्म दाडीमाध घृत अथवा पञ्चतिक्त घृत २५ ग्रा. प्रतिदिन बिहान खान दिनु पर्छ ।
त्यसपछी निशोथचुर्ण अथवा त्रिफलाचुर्ण ५ ग्रा. प्रतिदिन बिहान दिई विरेचन गराउनु पर्छ ।
अब नवायसलौह १ ग्रा. बिहान बेलुका मह र घ्यु संग मिसाएर खान दिनुपर्छ । नवायसलौह को सट्टा नवायसमण्डुर, त्रिफलामण्डुर पनि दिन सकिन्छ ।
कासीसभस्म २०० मि.ग्रा. र लोहासव २५ मि.लि.को मात्रामा दिनुपर्छ ।
पुनर्नवा मण्डुर ३ ग्रा. को मात्रामा बिहान बेलुका दूधसंग खान दिनुपर्छ ।
पथ्य
पुरानो चामल, गहु, जौ, रहर, मसुरोको दाल खान दिनु पर्छ ।
हरियो तरकारी र सागपात प्रसस्त मात्रामा खान दिनुपर्छ ।
विश्राम पर्याप्त गर्नुपर्छ ।
अपथ्य
अमिलो पिरो चिल्लो राखी भुटेको , तारेको खाना र मसलाहरुको प्रयोग गर्नु हुदैन ।
बढी परीश्रम गर्नु हुदैन ।
घाममा बढी हिड्नु हुदैन ।
Ask a Doctor Online Now»




