Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

पाँचऔँले


बैज्ञानिक नामः Dactylorhiza hatagirea (D.Don) Soo
नेपाली  नामः पाँचऔँले , हत्ताजडी , हाते
संस्कृत नामः सालममिश्री
हिन्दी नाम :     सालमपन्जा
अंग्रेजी नाम : Salep
वानस्पतिक परिवार : Orchidaceae

परिचयः
यो करीब ३०–९० से.मी. सम्म अग्लो, एउटा मात्र डाँठ हुने गानायृक्त विरुवा हो । यसको गाना पन्जा जस्तो आकारको पाँचवटा भागमा बाँडिएको हुन्छ । त्यसैले यसको नाम पाँचऔँले तथा सालम पन्जा रहेको छ । यसका पातहरु पाँच देखि सातवटा सम्म हुन्छन् र डाँठको दायाँ बाँया एक एक वटा हुँदै फूलको डाँठसम्म ठूलोदेखि सानो हुँदै मिलेका हुन्छन् । यसमा जेठ असारमा फूलहरु लाग्दछन् । डाँठको माथिल्लो भागमा साना गुलाफी तथा प्याजी रंगका फूलहरु वरीपरी मिलेर फूल्दछन् । फुलहरुका झुप्पा १२ देखि २० से.मी सम्म लामा र घना हुन्छन् ।

प्राकृतिक वासस्थानः
यो पश्चिमी पाकिस्तान, हिमालय–गढवाल देखि भुटान र दक्षिण पूर्वी तिब्बत (२५०० – ५००० मिटर), सम्म फैलिएको छ । यो विरुवा नेपालको पश्चिम र मध्ये भागमा करिब २८०० – ४००० मिटर सम्मको उचाईमा पाइन्छ ।


उपयोगी अंगः

यसको उपयोग गरिने अंग जमीन मुनि रहने गानो हो, जुन पन्जा जस्तो आकारमा तिनदेखि पाँचवटा औँला भएको हुन्छ ।यसको फैलावट प्राकृतिक अवस्थामा एकदमै कम छ । त्यसैले श्री ५ को सरकारले यसको संकलन , प्रयोग , विक्री वितरण , ओसा्र पसार र निर्यातमा प्रतिबन्ध लगाएको छ ।

उपयोगिताः
यो एक वलवर्धक जडिबुटी मानिन्छ र यसको सुकेको जराको धुलो दुध सँग खाने गरिन्छ । यसको सुकेको जरा घोटेर काटेको घाउमा लगाउँदा रगत रोकिन्छ र छिट्टै निको हुन्छ ।

संकलन :
यसको काम लाग्ने भाग जमिन मुनिको गानो हो । शरद ऋतुमा यसका पातहरु पहेँला भई डाँठ सुक्न थालेपछि यसको संकलन गाना निकालिन्छ । गानालाई चोट नलाग्ने गरि खन्नु पर्दछ । खनिसकेपछि गानालाई राम्ररी धोएर घाममा सुकाउनु पर्दछ ।





Send Business Enquiry Now»

Comments (0)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता