कब्जियत एक आम पेट सम्बन्धि समस्या हो। दिसा समयमा नहुने अबस्था र त्यसबाट उत्पन्न विभिन्न लक्षणहरुलाई विबन्ध वा कब्जियत भनिन्छ ।
कारण
बढी सुख्खा खाना खानु ।
रेसादार भएका, सागसब्जी कम खानु
पानी कम पिउनु ।
शारीरिक परिश्रम कम गर्नु ।
बढी खाना बारम्बार खानु ।
मानसिक तनाव बढी हुनु ।
लक्षण
यसमा व्यक्तिलाई दिसा गर्न मन लाग्छ तर दिसा आउ‘दैन ।
शरीर भारी हुन्छ , टाउको दुख्छ , भोक हराउ‘छ ।
कुनै काम गर्न मन लाग्दैन ।
पेट फुल्ने र दुख्ने हुनसक्छ ।
औषधि उपचार
पञ्चसकार चुर्ण ३ ग्रा देखि ६ ग्रा. दिनको २ पटक खानापछि खाइ तातो पानी पिउनुपर्छ ।
अभयारिष्ट २० – ३० मि.लि. को मात्रामा बराबर पानी मिसाई खाना पछि १५ दिनसम्म खानुपर्छ ।
त्यस्तैगरी समस्या साधारण छ भने त्रिफला वा अविपत्तिकर चुर्णपनि लिन सकिन्छ ।
पथ्य
खानेकुरा ठिक समयमा खानुपर्छ ।
हल्का खाना जस्तै ः भात , मू‘गको दाल ,दूध , फलको रस , उसिनेको तरकारी , र सागहरु खनुपर्छ ।
प्यास लागेको बेलामा तातोपानी पिउनु पर्छ ।
साझ बिहान आधा घण्टादेखी एक घण्टासम्म खुला ठाउमा घुम्ने गर्नुपर्छ ।
अपथ्य
मसला बढी राखेको र पिरो र अमिलो , चिल्लो बढी भएको खाना ।
तयारी खाना हरु ।
Ask a Doctor Online Now»




