Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

आयुर्वेदिक विश्वविद्यालयको आवश्यकता

स्वदेश र विदेशका विभिन्न ठाँउमा वायु तथा स्थल समाधि लिई ख्याति आर्जन गर्नुभएका श्री १०८ डा। श्री बैष्णव कृष्णदासजी महाराज गुरुयोजनाका साथ सुनसरीको चतराधाममा सकि्रय हुनुहुन्छ । सप्तकोशीको किनार श्री १००८ बालसन्त मोहनशरण देवाचार्यको साधना भूमि र कर्मस्थलमा केही वर्ष पहिले देखि सकि्रय हुनुभएका आयुर्वेदाचार्य ज्योतिषाचार्य तथा योगशास्त्र विशारद डा। कृष्णदास जीलाई प्राप्त गरेर बराहक्षेत्र वरपरका बासिन्दा कृतकृत्य भएका छन् ।
यी दुई आध्यात्मिक व्यक्तित्वलाई ूमुक्तिू र ूशक्तिूका प्रतीक मान्दै प्रसिद्ध छन्दोवादी कवि प्रल्हाद पहरेदार आफ्नो कविता यसरी प्रस्तुत गर्नुहुन्छ ।
यी बालसन्त भक्तिका र कृष्णदास शक्तिका
प्रतीक हुन विचित्रका बराहक्षेत्रभित्रका
बहन्छ बालसन्तको सुधा जहाँ जरा जरा
छ कृष्णदासको त्यही मनोहरा ऋतम्भरा
जहाँ दुबै यी सन्त छन् विचारका दरादरा
बराहक्षेत्रको धरा हराभरा गरागरा ।

डा। कृष्णदासजीको गुरुयोजनामा ग्रह चिकित्सा मन्त्र चिकित्सा औषधि चिकित्सा र योग चिकित्सा छन् । यी चिकित्सा पद्धतिलाई साचालन गर्न जगद्गुरु श्री रामानन्दचार्य संघ नेपाल गठन भएको छ । अर्को रामानन्द सेवा संघ पनि साचालित छ । सो सेवा संघले पर्चा प्रकाशित गरेर अनेकौं समाजिक कार्यगरी प्रख्याति आर्जन गर्नुभएका बहुमुखी प्रतिभाका धनी डा। श्रीकृष्णदासजी महाराज नेपालमा धार्मिक जागरण ल्याउने कार्यमा तन्मयतापूर्वक लाग्नुभएको छ । यसका साथै पारम्परिक चिकित्सा पद्धतिको पुनरुत्थान गरी सर्व सुलभ ढङ्गले सेवा प्रदान गरी आरोग्यता अभियान साचालन गर्न उहाँ लाग्नुभएको छ । समाजलाई आध्यात्मिक यौगिक र आयुर्वेदिक शिक्षा प्रदान गरेर गाउँगाउँमा जडीबुटीको पहिचान गराएर मानवले उपभोग गर्नुपर्ने खानपिनको ज्ञान दिलाएर मान्छे स्वयंले योगाभ्यासको प्रयोग र उपभोग गरेर स्वयंलाई स्वास्थ्य स्वच्छ र पवित्र राख्न सक्तछ भन्ने उद्देश्य बोकेर डा। कृष्णदासजी महाराज लागि पर्नुभएको छ ।
बैदिक विधि अनुसारको ग्रहयन्त्र औषधि र योग चिकित्सा समग्र चिकित्साको समग्ररुपले पर्ने पारम्परिक चिकित्सा हो । यी चार पद्धतिसँगैका चिकित्सा पद्धति अपनाइयो भने मात्र मानिसले पूर्ण स्वास्थ्य लाभ गर्नसक्ने पनि डा। कृष्णदास जीको अनुभव छ । डा।sृष्णदास जी महाराजका उद्देश्य तथा अनुभवको लामो फेहरिस्त हुन सक्तछ । तथापि सारांशमा गर्दा समस्त मानव जातिलाई आध्यात्मिक चेतनाले ओतप्रोत बनाएर स्वेदशमा रहेका जडिबुटी स्वदेशमै प्रयोग गराएर सबैलाई स्वस्थ्य बनाउने उहाँको उद्देश्य छ । वहाँले नेपालका कुना कन्दरामा पुगेर उपेक्षित अवस्थामा रहेका जडीबुटी तथा वनौषधिको पहिचान गर्नुभएको छ । डा। कृष्णदास जी महाराज भन्नुहुन्छ-ूनेपालमा औषधिका रुपमा प्रयोगमा ल्याउन सकिने ७ सय ५० जडिबुटी छन् । तिनको रक्षा तथा प्रशोधन गरेर उपयोगमा ल्याउनका लागि एउटा विश्वविद्यालयको नितान्त आवश्यकता छ । यिनै कुरालाई हृदयङ्गम गरी यो परम हितकारी कार्य गर्न लागिएको हो र यसका कार्यका लागि सबैको सहयोगको खाँचो छ ।ू उहाँले अगाडि भन्नुभयो-ूहाल ४ सय ५० प्रकारका जडिबुटी संचालन गरी तिनलाई उपचार विधिमा प्रयोग गरिएको छ । साथै माघ २९ गतेदेखि हुने शिविरमा पनि ती जडिबुटीको प्रयोग हुनेछ ।ू
यो पारम्परिक उपचार पद्धतिबाट धेरै प्रकारका रोगको निदान भएको छ । धेरैले आरोग्यता प्राप्त गरिसकेका छन् । अहिले चिकित्सा जगतमा जल्दोबल्दो समस्याका रुपमा देखापरेका थुप्रै रोगका रोगीहरु निको भएर गएका छन्। क्यान्सर लागेका व्यक्तिको दोश्रो चरणसम्मको उपचार भई रोग निदान भएको पनि उहाँले जानकारी दिनुभएको छ ।
२०६५ सालको रामनवमीमा नौ दिनसम्म आफ्नो शरीरमा जमरा उमारेर सिद्ध साधकको परिचय दिई सक्नुभएका योगी डा। कृष्णदास जीको पारम्परिक उपचार पद्धति प्रभावका कारण धेरैले स्वास्थ्य लाभ गरिसकेका छन् । आरोग्यताका प्रतिमूर्तिका रुपमा उहाँलाई धेरैले प्राप्त गरिसकेका छन् ।
एकसाताअगाडि डोलीमा बोकिएर आएका रोगी एकसातापछि आफै ठमठमी हिडेर आई डा। कृष्णदास जीलाई आरोग्य प्राप्त गरेको सुखद कथा सुनाउँदै उहाँका पाउमा समर्पण गरेका थुप्रै उदाहरण त्यहाँ पाइन्छन् । वृद्धवृद्धा वा खासगरी प्यारालाइसिस मुटुरोग रक्तचापजस्ता रोगबाट पीडितहरुले डा। कृष्णदासको पारम्परिक उपचार पद्धतिबाट आरोग्यता प्राप्त गरिरहेका छन् ।
सप्तकोशीको किनारमा रहेको श्री १००८ बालसन्त मोहनशरण देवाचार्यको कर्मभूमिको पूर्व दक्षिण भागमा रहेको १० बिगाहा जग्गामा ग्रह मन्त्र औषधि र योग चिकित्सा पद्धति अपनाएर नौलो प्रयोग गरिने तथा त्यही १० बिगाहा जग्गाको परिसरमा जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठको गुरुयोजनाको उद्देश्य अनुसारका जडिबुटीका नमूनाहरु प्रदर्शन गरिनेछन् ।
नेपालका जडिबुटी लगेर तिनलाई औषधि बनाई बेचेर कैयौं विदेशीहरु करौडौं डलर कमाउन सफल भए । अज्ञानता अशिक्षा रुढीवादी र कुसंस्कारजन्य मान्यताले गर्दा आफ्नै देशका जडिबुटी चर्को मूल्य तिरी नेपालमा भित्र्याएर उपभोग गरिरहनु परेको विडम्बना छ । यस तथ्यबाट चिन्तित डा।sृष्णदास जी नेपालमा पाइने अचुक जडिबुटी तथा औषधिको किसानलाई पहिचान गराई किसानहरुलाई आयुर्वेदिक कृषितर्फ आकर्षित गराइरहनुभएको छ ।
आजको बदिलंदो भौतिक युगमा आधुनिक भन्न मन पराउने केही व्यक्तिहरुका लागि यो पारम्परिक चिकित्सा पद्धति पुरातन ठहर्न सक्तछ । एक चक्की दबाई खाएर केही दिनका लागि रोग निदान गराउन बानी परेकाहरु त्यसले पार्ने कुप्रभावबारे कुनै वास्ता गदैै्रनन् । यसो हुनुमा आयुर्वेदिक तथा पारम्परिक चिकित्सा पद्धतिबारे राष्ट्र जिम्मेवार नहुनुले हो । अनि आफ्ना देशका जडिबुटीलाई प्रशोधन गरेर उपयोगमा ल्याउन प्रयत्न गर्ने व्यक्तिका अभावका कारण जडिबुटी आयुर्वेदिक दबाई ठूलो उपहासका रुपमा चित्रित हुँदै गएका छन् । यस्तो अवस्थामा डा। कृष्णदास जी महाराजको प्रयास र प्रयत्न स्तुत्य र प्रशंसनीय तथा राष्ट्रिय सेवा भावनाले ओतप्रोत भएको मान्नुपर्दछ । तर पारम्परिक चिकित्सा पद्धति हालको परिप्रेक्ष्यमा अव्यहारिक र ढिलो असर गर्ने सावित भएको कुरालाई आरोग्यता अभियान संाचालनमा लागेका डा। कृष्णदास जी जस्ता सिद्धसाधक तथा तपोनिष्ट योगीहरुले त्यसलाई आधुनिकीरण गर्नुहुनेछ भन्नेमा सबै आशावादी छन् ।

लेखक : कृष्णविनोद लम्साल

Comments (0)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता