चक्रासन
विधिः-
१ उत्तानु परेर सुत्नु होस् । घुँडालाई मोडदै दुवै कुर्कुच्चालाई नितम्बको समीप लानुहोस् ।
२ दुबै हातलाई उठाई काँधको भन्दा माथि अलिकति राख्नुहोस्। यसरी राख्दा हत्केलाका औला हरु काँधतिर फर्कनु पर्छ ।
३ श्वास भित्र तानेर नितम्ब, ढाड र छातिलाई जमिन माथि उठाउने प्रयास गर्नुहोस । यसो गर्दा केवल हात र खुट्टाको भरमा शरीर बस्दछ।
४ विस्तारै विस्तारै हात खुट्टालाई टेकेको अवस्थामा नै नजिक लग्ने प्रयत्न गर्नुहोस जसले गर्दा तपाइको शरीर चक्र आकारको हुनजान्छ । यस अबस्थामा श्वास लाई रोक्न वा स्वाभाविक रुपमा छोड्न सकिन्छ
५ आसनलाई छोडदा शरीरलाई खुकुलो गर्दै कम्मरलाई भुइँमा छोड्नुहोस् र श्वास बाहिर फाल्नु होस् । यो आसनलाई ३-४ पटक गर्न सकिन्छ ।
|
|
|
|
|
|
लाभः-
१ मेरुदण्डको हड्डीलाई लचिलो बनाउन मद्दत गर्छ । पाचन शक्ति तथा आन्द्रालाई बलियो बनाउँछ ।
२ शरीरमा स्फूर्ति, शक्ति एवं तेजलाई बृद्धि गर्दछ ।
३ श्वास रोग, दम, टाउको दुख्ने र हाडजोर्नि दुख्ने रोगहरुमा लाभकारी हुन्छ ।
४ हात खुट्टाको मांसपेशीहरुलाई बलियो बनाउँछ ।
५ महिलाहरुको गर्भाशयको विकारमा फाइदा जनक छ ।




